८ वैशाख २०८१ शनिबार
राजनीति

संगठन बिस्तारमा प्रेस सेन्टर नेपाल

काठमाडौं - प्रेस सेन्टर नेपालले संगठन निर्माणलाई तिब्रता दिएको छ। हालै राजधानीमा विशेष राष्ट्रिय भेला सम्पन्न गरेको गोपाल किराती नेतृत्वकाे माअाेवादी केन्द्र निकट संगठनले विभिन्न प्रदेशमा संगठन  बिस्तार गर्न थालेको संगठनका अध्यक्ष लोकराज जोशीले जानकारी दिए।

विशेष भेलाको निर्णयअनुसार संगठनका नेताहरु देशव्यापी रुपमा प्रदेश र जिल्लामा खटिएको जोशीले बताए।  संगठन पूनर्गठनसहित विशेष भेला गरेको संगठनले एक महिना नबित्दै पश्चिम नेपालका तीन प्रदेशमा भेला सम्पन्न गरेको छ।

संगठनका पाँच नम्बर प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्ला र प्रदेश स्तरमा आधारभूत पत्रकारिता तालिम, प्रशिक्षण तथा भेला र बैठकहरु सम्पन्न भएका छन्। प्रदेश ५ मा दिनेश कुमार श्रीवास्तवको नेतृत्वमा सात सदस्यीय प्रदेश समिति गठन गरिएको छ।

सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको लम्कीमा संगठनले कैलाली जिल्ला भेला तथा पत्रकारिता तालिम सम्पन्न गरेको छ। कैलालीमा उक्त डम्बर बहादुर बुढाको नेतृत्वमा पाँच सदस्यीय जिल्ला समिति गठन गरिएको अध्यक्ष जोशीले जानकारी दिए। त्यस्तै कर्णालीमा मनराज कठायतको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ।

पश्चिम नेपालबाट सुरु गरिएको संगठन निर्माण अभियान सातै प्रदेशमा सम्पन्न गर्ने र त्यसपछि जिल्ला भेला तथा सम्मेलन हुने सेन्टरका अध्यक्ष जोशीले बताए। पश्चिम नेपालमा संगठन निर्माण सकिएपछि प्रदेश तीन र चारमा अभियान चलाउने तथा प्रदेश एक र दुइमा भेला गर्ने तयारी प्रेस सेन्टरले गरेको छ।

प्रकाशित: ३ भाद्र २०७६ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App