७ वैशाख २०८१ शुक्रबार
कला

सामाजिक सञ्जालमा आलोचित सोनम

मुम्बई  – बलिउड अभिनेत्री सोनम कपुर सामाजिक सञ्जालको ट्रोलमा छाएकी छिन्। सन् २०१६ मा बनेको उनी अभिनित ‘नीरजा’ फिल्म पाकिस्तानमा प्रतिबन्धित भएको विषयमा भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेपछि उनी फेरि सामाजिक सञ्जालको ट्रोलमा छाएकी हुन्।

‘एक कलाकार भएर सबै ठाउँमा तपाईको प्रतिनिधित्व होस भन्ने चाहनुहुन्छ र सबैले तपाईको काम हेरिदियोस् भन्ने इच्छा राख्नुहुन्छ। कराचीमा उत्रिएको विमान अपहरणको वास्तविक कथामा आधारित मेरो फिल्म ‘नीरजा’ पाकिस्तानमा देखाइएन्। यसले पाकिस्तानलाई नकारात्मक रूपमा नदेखाएपनि वास्तवमा फिल्म त्यहाँ प्रदर्शन नहुँदा मेरो लागि हृदय विदारकजस्तो भएको थियो,’ एक अन्तर्वार्तामा उनले भनेकी छिन्।

अन्तर्वार्तामा उनले पाकिस्तानमा आफ्नो धेरै प्रशंसकहरू भएको दाबी गरेकी छन्। ‘मसँग पाकिस्तानी प्रशंसकहरू छन्। मेरा दुई साथीहरू, मुस्लिम र पाकिस्तानी हुन्। म आधा सिंधी र आधा पेशवारी हुँ।

मैले अभिनय गरेको फिल्म प्रतिबन्ध हुँदा त्यसले मेरो संस्कृतिप्रति प्रश्न गरेको थियो। र, मेरो हृदय विदारक भएको थियो,’ उनले भनिन्। काश्मीरको हालको अवस्थाले भारतीय प्रशासनिक तर्फबाट बलिउडलाई समेत विभाजन गरिदिएको छ।

अभिनेत्री कपुरले आफ्नो परिवारको धर्मप्रतिको सम्बन्धको कारण स्थिति अझ निराश भएको प्रतिक्रिया दिएकी छिन्। पछिल्लो पटक ‘सोनम कपुर’ नामक ह्यासट्याम ट्वीटरको टेन्ड्रिङमा रहेको छ। हालै अभिनेत्री कपुर ट्रोलमा आउनुको कारण भने, ‘गेट अ लाइफ’ लाई गलत अर्थमा टिकाटिप्पणी गरिनु रहेको थियो।

‘साथीहरू कृपया शान्त हुनुहोस् र गेट अ लाइफ। गलत अर्थ लगाउने र बुझ्ने कसैको कुराबाट तपाईले के बुझ्नु हुन्छ,’ उनले जवाफ दिँदै उल्लेख गरेकी छिन्। सो अन्तर्वार्तापछि उनलाई सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आइरहेका छन्। अभिनेत्री कपुर आगामी सेप्टेम्बर २० मा रिलिज हुने ‘द जोया फ्याक्ट्री’ मा अभिनेता दुल्कर सल्मानसँग देखिदैछिन्।
 

 

प्रकाशित: ३ भाद्र २०७६ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App