७ वैशाख २०८१ शुक्रबार
कला

नेपालभाषामा बनेका फिल्मबारे बहस

काठमाडाैँ - वि.सं.२०४४ सालमा प्रदर्शित नेपालभाषाको पहिलो चलचित्र “सिलु” प्रदर्शनमा आएको तीन दशक पछी बल्ल आएर नेपालभाषाको चलचित्रलाई लिएर बहसको आरम्भ भएको छ। कुनै पनि विधाको विकासकोलागि त्यसमा बहसको आवश्यकता पर्दछ भने नेपालभाषाको चलचित्र क्षेत्रमा यसप्रकारको बहस वा कुनै पनि खालको अन्तक्र्रिया नभएको अवस्थामा यसरी पहिलो पटक बहसको आयोजनाको श्रेय नेपालभाषा एकेडेमीले प्राप्त गरेको छ।

नेपालभाषा वाङमय क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुको संगठनको रुपमा रहेको नेपालभाषा एकेडेमीले गत साता ललितपुरको जावलाखेल स्थीत उग्रचण्डि देवी परिसरमा आयोजित तीन दिने पुस्तक मेलाको अन्तिम् दिन गएको आइतबार “नेपालभाषाको चलचित्रबारे एक विचार गोष्ठि”को रुपमा सम्पन्न भएको थियो।

एउटा बहसको रुपमा सम्पन्न सो गोष्ठिमा चलचित्र क्षेत्रका अग्रज पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर “असंबरुे” ले नेपालभाषा चलचित्रको विगत र वर्तमानबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने अस्कर अफ फिल्म स्टडिजबाट डिप्लोमा हासिल गरेका राकेश महर्जनले साहित्यमा आधारित नेपालभाषाको चलचित्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए। यसरी “सिलु” प्रदर्शनमा आएको तीन दशकभन्दा लामो समय बितीसक्दा पनि नेपालभाषाको चलचित्रले सोचे जस्तो बिकासको बाटो पहिल्याउन नसकेको कुरा औंल्याइएको सो विचार गोष्ठिमा नेपालको पहिलो चलचित्र  “आमा” बाट अभिनय यात्रा थालेकी अभिनेत्री चैत्यदेवीलगायत वरिष्ट छायाँकार गौरीशंकर धुंजु,चलचित्र वितरक गोपालकाजी कायस्थले पनि नेपालभाषाको चलचित्रबारे आआफ्नो धारणा राखेका थिए।

यस्तै गरी सो विचार गोष्ठिमा नेवाः फिल्म सोसाइटीका अध्यक्ष लुजः सिंह,नेपालभाषाका लोककप्रिय निर्देशक आर्यम नकर्मि,चलचित्र सम्पादक माणिकरत्न तुलाधर र बहुभाषिक चलचित्र “च्वापुफय्” का निर्माता ओमचरण अमात्यले पनि नेपालभाषाको चलचित्रलाई लिएर आआफ्ना राखेका थिए। आयोजक संस्था नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरको उपस्थितीमा सम्पन्न सो विचार गोष्ठिको संयोजन विजयरत्न तुलाधर असंबरेले गरेका थिए।

 

 

 

प्रकाशित: ३ भाद्र २०७६ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App