६ वैशाख २०८१ बिहीबार
कला

हिट हुन 'टिकटक' मा भिडियाे

काठमाडौं - अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक  नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे। मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो। म अष्ट्रेलिया तीन पटक गईसकेको छु।

युके र युएसए (युनाईटेड स्टेट अफ अमेरिका) त कयौं पटक गइसकेको छु। तर, अमेरिकाचाँहि पहिलो पटक आएको हुँ।’ अभिनेत्री कार्कीको यो संवादको नक्कल गरेर टिकटक म्युजिकल्ली बनाएर फेसबुकमा सेयर गर्नेको संख्या बढ्दो छ।

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरू विभिन्न सामाजिक सञ्जालमा सक्रिय भएका छन्। नेपाली युवा पुस्तामाझ लोकप्रिय हुँदै गएको टिकटक एपमा विभिन्न सेलिब्रेटीको नक्कल गर्ने जमात धेरै छन्। म्युजिकल्ली एपबाट सुरू चर्चा कमाएको टिकटक एपलाई सन् २०१७ चीनले सार्वजनिक गरेको थियो। हालसम्म टिकटक करिब एक अर्ब भन्दा बढी पटक ‘डाउनलोड’ भएको छ। सन् २०१७ चिनियाँ एप ‘बाइट डान्स’ले म्युजिकल्लीलाई एक बिलियन डलर (नेपाली करिब एक अर्ब १३ खर्ब २६ करोड) मा खरिद गरेको थियो।

टिकटकमा अश्लील सामग्रीहरू अपलोड हुने गरेका छन्। त्यस्ता सामग्री बारेमा उजुरी गर्ने माध्यम नभएको र सुरक्षा तथा गोपनीयताको दृष्टिकोणले असुरक्षित हुने गरेको छ।

पूर्व मिस नेपाल शृंखला खतिवडाले टिकटक सेयर गरेकी छन्। पूर्व मिस नेपाल खतिवडामात्र होइन्, टिकटकमा रमाइलो भिडियो सेयर गर्ने धेरै छन्।  टिकटक भिडियोहरू अहिले फेसबुक र इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा लोकप्रिय बनेका छन्। सिंगल र कलेक्सनमा छोटो भिडियो बनाउन सकिने हुँदा युवा पुस्ताको चासो बढेको छ। सेलिब्रेटीहरूको तुलनामा सर्वसाधारणहरू टिकटकमा चर्चा पाइरहेको छन्।

पछिल्लो समय प्रिज्मा र प्रिन्सी, सञ्जित र सैलिन र नीरज सुनुवार र आशिक लामालगायतले टिकटकमा चर्चा पाइरहेका छन्। आफ्नो मोबाइलमा टिकटक एप डाउनलोड गरेर साइनअप गरेपछि जो कसैले १५ सेकेन्डको भिडियो बनाउन सक्छन्। अभिनेत्री वर्षा रावतले टिकटकमा सक्रिय छिन्। ‘टिकटकमा भिडियो बनाएर राख्न रमाइलो लाग्छ,’ उनी भन्छिन्, ‘टिकटकले हरेकलाई अभिनय गर्न प्रोत्साहन गरेपनि विभिन्न खाले अश्लील सामग्रीहरू अपलोड हुने गरेका छन्।’

समलिंगी जोडी नीरज र आशिक टिकटकमा धेरै भिडियो राख्नेमा पर्छन्। नीरज भिडियो खिच्छन् भने आशिक सो भिडियोमा अभिनय गर्छन्। ‘नेपाली समाजले समलिंगी जोडीलाई मनपराउन थालेको अनुभव हामीले पोस्ट गरेको भिडियोबाट थाहा हुन्छ, ’ आशिक भन्छन्।  टिकटक अकाउन्टमा विभिन्न खाले अश्लील सामग्रीहरू अपलोड हुने गरेका छन्। कुनै ‘फिल्टर’ गरिएको हुँदा त्यस्ता सामग्री बारेमा उजुरी गर्ने माध्यम नभएको र सुरक्षा तथा गोपनीयताको दृष्टिकोणले असुरक्षित हुने गरेको छ।

टिकटकमा कमेडी क्वीन नामबाट चर्चा पाएकी अमृता गुरुङले टिकटकमा भिडियो अपलोड गर्न विभिन्न फिचरहरूलाई प्रयोग गर्ने गरेकी छिन्। ‘मलाई कमेडी शैलीमा अभिनय गर्न मनपर्ने हुँदा दर्शकले मेरो भिडियो हेर्ने गरेका छन्। मैले अभिनयको साथमा सन्देशमूलक भिडियोसमेत बनाएर अपलोड गरिरहेको हुन्छु, ’ उनी भन्छिन्, ‘टिकटकको नाममा बिकृति बढेको छ।’
 

प्रकाशित: ३ भाद्र २०७६ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App