coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा

एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन निकायका महानिर्देशकको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली (दायाँबाट तेस्रो), पर्यटनमन्त्री योगेश भट्टराई (बायाँबाट तेस्रो) लगाएत अधिकारी।फोटोः रासस

काठमाडौं – अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको ५६औ सम्मेलन काठमाडौंमा सुरु भएको छ।    

पाँच दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटनमा बाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गुणस्तरीय हवाई सेवा अभिवृद्धि गर्न सरकार अग्रसर रहेको बताउँदै जारी सम्मेलनले मुलुकको उड्डयन क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा व्यक्त गरे।

उड्डयन क्षेत्रमा आधुनिक प्रविधि विकाससँगै हवाई सुरक्षा, सेवा गुणस्तरमा आफूहरुको जोड रहेको उनको भनाइ छ। सरकारले हवाई क्षेत्रको गुणस्तर तथा सुरक्षालाई नै मध्यनजर गर्दै यस क्षेत्रमा नीतिगत सुधार तथा पूर्वाधार विकासमा जोड दिएको बताउँदै मुलुकले हवाई सुरक्षाका बाँकी काममा पनि क्रमशः सुधार गर्दै लैजाने उनले जानकारी गराए।

मुलुकले हवाई क्षेत्रमा प्रगति गर्दै लगेको तथा युरोपियन आकासमा नेपाललाई रहेको बन्देजतर्फ इंगित गर्दैे हवाई क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल सधैं तत्पर रहेको र त्यसमा विश्व समुदायको सहयोग रहने उनको विश्वास छ।

‘नेपाल भौगोलिक रूपमा मात्र नभइ विविधता भएको देश भएको देश हो। यहाँ द्रुत विकासको सम्भावनालाई मध्यनजर गर्दे हवाई सञ्जालसँग जोडिनु उत्तिकै आवश्यक छ,’ उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले विश्वमै दुर्लभ वन्यजन्तु तथा जडीबुटी नेपालमा रहेकाले जैविक विविधताबाट पनि विश्वले मुलुकलाई चिन्ने प्रष्ट पारे। दुर्लभ मानिएको एकसिंगे गैडा तथा सगरमाथाले मुलुकको शिर उच्च राखेको जनाउँदै उनले गैडालाइ राइनो नभनेर गैंडाकै रुपमा चिनिदिन पनि आग्रह गरे। ‘सरगरमाथालाई माउन्ट एभरेस्ट होइन सगरमाथा नै भन्नुपर्छ,’ उनले भने।

मुलुकको हवाई क्षेत्रमा सेवा, सुरक्षा र दक्ष जनशक्ति विकासमा उल्लेख्य प्रगतिमा अग्रसर रहेको पनि उनले जनाए।

पूर्वाधारका रूपमा निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन अवस्थामा रहेकाले समयमै सम्पन्न हुनेमा विश्व समुदायलाई ढुक्क हुन पनि उनको आग्रह गरे।

सम्मेलन सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हवाई सुरक्षा सुधारको क्षेत्रमा आइकाओको नियमअनुसार कानून निर्माणको चरणमा रहेको बताए।

अन्तर्राष्ट्रय हवाई निकायको मापदण्डअनुरूप हाम्रो हवाई क्षेत्रको सुरक्षा, संस्थागत सुधार, सेवा स्तरीकरण तथा पूर्वाधार विकासमा सरकारको जोड रहेको उनको भनाइ छ।

सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष ओलुमोयिवा बनार्ड अल्यु, प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायतले आफ्नो धारणा राखेका थिए।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्वसहित ४६ देशका तीन सय ९० विदेशी उच्च अधिकारी सहभागी थिए।

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकको सम्मेलन यसअघि नेपालमा सन् १९७८ र १९९८ मा आयोजना भइसकको  छ।

प्रकाशित: ३ भाद्र २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App