coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिन्डफ र म्यागुरीमा सोल्सजायरको विश्वास

लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले जारी सिजनभर रक्षक भिक्टोर लिन्डफलाई ह्यारी म्याग्युरीको जोडीका रूपमा मैदान उतार्ने रणनीति भएको प्रतिक्रिया दिएसँगै इङ्ल्यान्डका रक्षक फिल जोन्स र क्रिस स्मलिङको ओल्ड ट्राफोर्ड भविष्य छायामा परेको छ।

इङ्लिस प्रिमियर लिगका सर्वाधक महँगो रक्षक बन्ने क्रममा म्याग्युरी लेस्टर सिटीबाट ८ करोड पाउन्डमा युनाइटेड भित्रिएका थिए। गत सिजन कमजोर रक्षापंक्तिका कारण युनाइटेडले प्रिमियर लिगमा ५४ गोल खाएको थियो। तर क्लबको सुरुआती दिनमा स्वाभाविक प्रदर्शन गर्न नसकेको भन्दै आलोचित बनेका लिन्डफले अहिले प्रभावशाली प्रदर्शन गर्दै सोल्सजायरलाई समेत आकर्षित गरेका छन्।

‘मैले भिक्टर र ह्यारीलाई परिवर्तन गर्नुपर्ने कारण देखेको छैन,’ सोल्सजायरले गत साता सिजनको पहिलो खेलमा चेल्सीविरुद्ध ४–० को सहज जित हात पार्दा यी दुईले गरेको प्रदर्शनपछि भनेका थिए, ‘उनीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। आशा छ उनीहरूको यो प्रदर्शन सिजनभर कायम रहनेछ।’ अर्का रक्षक इरिक बेली घुँडाको चोटका कारण यस सिजन खेल्ने सम्भावना कम भएसँगै जोन र स्मलिङले टोलीमा अवसर पाउने अनुमान गरिएको थियो। तर सोल्सजायरले अप्रत्याश्ति रूपमा चेल्सीविरुद्ध २१ वर्षे एक्सेल ताउनजेबेलाई मैदान प्रवेश गराएका थिए। गत सिजन लोनमा एस्टन भिल्ला गएका उनी सिजनभर नै मैदान उत्रिएका थिएनन्।

‘एक्सेले प्रिसिजनमा आफ्नो क्षमता प्रमाणित गरे,’ सोल्सजायरले भने, ‘उनले सोचेभन्दा राम्रो प्रदर्शन गरे। उनी मिडफिल्ड र राइट ब्याकमा समेत खेल्न सक्छन्।’
अर्का रक्षक मार्कोस रोहो पनि बेन्चमै छन्। प्रिमियर लिगको सरुवा बजार बन्द भए पनि युरोपका अन्य शीर्ष लिगमा भने सेप्टेम्बर २ सम्म सरुवा बजार खुला रहन्छ।
जोन र स्मलिङले गत सिजन क्रमशः २०२३ र २०२२ सम्म सम्झौता नवीकरण गरेका थिए। तर सोल्सजायरले भने एक्सेल, भिक्टर र म्याग्युरीमा विश्वास देखाएका हुन्।
 

प्रकाशित: ३ भाद्र २०७६ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App