१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कालापानी छोड’ भन्दै दूतावास पुगेका नेपाल पक्राउ

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारती स्थल सेनाअध्यलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा ग्रटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय दूतावास लैनचौरमा स्थल सेनाध्यक्ष दलवीर सिंहलाई ज्ञापनपत्र बुझाउने क्रममा नेपालसहित तीन जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखेको छ।

कालापानीबाट भारतीय सेना हटाउनुपर्ने, भीडन्तमा मारिएका गोरखाली सैनिकको शव नेपाल ल्याउन दिनुपर्ने र छिमेकीसँगको युद्धमा गोरखा सैनिकको प्रयोग गर्न बन्दगर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउन गएको टोलीलाई दूतावास नजिकैबाट प्रहरीले ग्रेटर नेपालका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले जानकारी दिए।  पाकिस्तान चीन र श्रीलंकासँगको युद्धमा भारतले गोरखा सैनिक प्रयोग गरेको भन्दै रोक्नुपर्ने माग ग्रेटर नेपालले गरेको छ।

 

प्रकाशित: २८ कार्तिक २०७३ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App