७ वैशाख २०८१ शुक्रबार
अर्थ

फौजी किराको आतंक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा फौजी किरा (आर्मी वर्म)को प्रकोप फैलिएको छ। ताँतीकाताँती फैलिएको फौजी किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रुपटार, झापालगायत ठाउँमा आतंक फैलाएको हो।

करिब तीन साता अघिदेखि देखा परेको फौजी किराले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलगायत वडामा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पार्न थालेको छ। ताँतीकाताँती फैलिएको फौजी किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रुपटार, झापा लगायतका ठाउँमा आतंक फैलाएको सो वडाका वडाध्यक्ष रुद्र राईले बताए।

खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि पुनः लगाएको मकैबालीमा फौजी किराले विनास गरेको छ। लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करिब एक इञ्च लम्बाइ भएको फौजी किराले छोटो समयमै मकै तथा धानको टुसाउँदै गरेको बिरुवा सिक्राजस्तै बनाएको छ। गाढा हरियो रंगमा अलि–अलि पहेंलो रङ मिसिएको र पिठ्यूँतिर शिरदेखि पुछारसम्म तीनवटा धर्का देखिने लाभ्रे आकारको किराले वनजंगलमा भएका साल, सल्ला, खिरुवा, खन्यू, बाख्रीघाँस, खयरको पात तथा हरेक रुखबिरुवाको पालुवा र कलिलो मुन्टालाई उजाड बनाउने गरेको वडाध्यक्ष राईले बताए।

प्रकाशित: ३ भाद्र २०७६ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App