प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

मङ्गलबार, ०३ भदौ २०७६, ०७ : ५४ नागरिक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका छन्। स्वास्थ्य उपचारका लागि बिहीबार पुनः सिंगापुर जान लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएको जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘सर्वदलीय बैठक बोलाउनुभएको छ, बैठकको अजेण्डा के हो भन्ने अहिले नै तोकेको अवस्था छैन।’

राजनीतिक दलहरूलाई स्वास्थ्य उपचारका लागि आफू सिंगापुर जान लागेको विषयका साथै प्रधानमन्त्री ओलीले दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा पनि कुरा गर्नेछन्। आइतबार संसदमा सम्बोधन गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका साथै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए।

२०७१ सालमा आयोग गठन भएको आयोगमा अहिले पदाधिकारीविहीन छ। प्रधानमन्त्री ओली उपचारका लागि जानु पहिला नै पदाधिकारी नियुक्तिको पक्षमा देखिएका छन्। उपचार गरेर साउन २७ गते मात्र स्वदेश फर्केका प्रधानमन्त्री ओली फेरि भदौ ५ गते उपचारका लागि सिंगापुर जाँदैछन्।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad