coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महतो र भण्डारी नआएपछि राजपा बैठक बसेन

काठमाडौं – राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्यहरू काठमाडौंमै हुँदा पनि बैठकमा अनुपस्थित भएका छन्। पार्टी संयोजकमा राजकिशोर यादव चयन भएपछि सोमबार पहिलोपटक बैठक बोलाइएको थियो। तर अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो र शरतसिंह भण्डारी बैठकमा उपस्थित नभएपछि बैठक बस्न नसकेको हो।

पार्टीको विधानमा अध्यक्षमण्डलका बैठकमा ६ जनै सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था छ। ६ मध्ये एकजना पनि बैठकमा नआए बैठक वस्न नसक्ने व्यवस्था छ। अध्यक्षमण्डलको अर्को बैठक बस्ने तिथि तय गरिएको छैन। साउन ६ गते राजकिशोर यादव अध्यक्षमण्डलका सदस्यमा चयन गरिएका थिए। राजपामा हरेक दुई÷दुई महिनामा अध्यक्षमण्डलका संयोजक परिवर्तन गर्ने विधानमा व्यवस्था गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७६ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App