४ वैशाख २०८१ मंगलबार
समाज

डकैँती शैलीमा बसमा आक्रमण, साहुसहित ३ यात्रु घाइते, एक पक्राउ

डोटी– शिखर नगरपालिकाकामा डकैँतीको शैलीमा दुईवटा बसमा आक्रमण र लुटपाट भएको छ। आइतबार राती अछामबाट टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका–६ तल्कोटमा लुटिएका हुन्। दुबै बसबाट ९० हजारसहितका सरसामान लुटपाट भएको जनाइएको छ। सोही क्रममा बस मालिकसहित तीन जना यात्रु घाइते भएका छन्। 

डकैँतीको शैलीमा आएका व्यक्तीहरुले हिँडिरहेको गाडीलाई पछाडीबाट ढुंगाले प्रहार गरेको गाडीमालिक तेजबहादुर मल्लले बताए। ‘गाडीमा आवाज आएपछि गाडी रोकेर बाहिर निस्के,’ उनले भने, ‘गाडी रोक भनेको सुन्दैनस् कुटपिट गरे।’ कुटपिटबाट उनको कान, टाउको र छातीमा चोट लागेको छ। मल्लका अनुसार लुटेराहरुले उनको सुनको सिक्री तथा सिक्री र नगद रुपैयाँ लुटेर लगेका छन्। 

उनको बस अघि बढेपछि दोस्रो बसपनि ढुंगामुढा प्र्रहार गरेर रोकेकोे घाइते यात्रु अर्जुन कुवरले बताए। ‘ढुङ्गामुडा हुनथालेपछि गाडी रोकियो। उनीहरु १०÷१२ जना थिए’, उनले भने,‘गुरु र साहुलाई सुरुमै कुटपिट गरे। त्यसपछि बाहिर हेर्ने यात्रुलाई पनि ढुंगा हान्नथाले।’ त्यही क्रममा आफुलाई चोट लागेको र बाहिरबाटै हात हालेर पैसा लुटेको उनले बताए। 

यता जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न एकजना पक्राउ परेका छन्। शिखर नगरपालिका–८ तिलतालीका गोबिन्द रावतलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। अन्य फरार रहेको र खोजिकार्य भइरहेको उनले बताए। 

प्रकाशित: २ भाद्र २०७६ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App