coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थापा र झाँक्री भन्छन्– युवाको काँध विकासको जिम्मेवारी

काठमाडौं– विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत विकासको लागि युवाको काँधमा जिम्मेवारी आएको बताएका छन्। काठमाडौँमा राष्ट्रिय युवा संसद्को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापा र नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले विद्यमान समाज र नेपाली अर्थ व्यवस्थाले सृजना गरेको विभेदको अन्त्य नगरेसम्म समुन्नत नेपालको कल्पना गर्न नसकिने बताएका हुन्।

सांसद थापाले नेपालको विगत आर्थिक सामाजिक रुपमा विभेदकारी नीतिबाट चलेको हुदा सम्पूर्ण सामाजिक आर्थिक व्यवस्था नै विभेदकारी भएको बताए। यो विभेद नहटाएसम्म सामाजिक विकास नहुने भन्दै सांसद थापाले अबका युवाले विभेदविरुद्ध लड्नुपर्ने बताए। अहिले राजनीतिक व्यवस्थाको परिवर्तन भन्दा यसै व्यवस्थाबाट समुन्नत नेपालको बाटो बनाउन सकिने भन्दै युवालाई समाजको अग्रमोर्चामा आएर विभेदविरुद्ध लड्न आग्रह गरे।

यस्तै युवा संसदलाई सम्बोधन गर्दै नेकपाकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले वर्तमान अर्थ व्यवस्थाले नेपाली युवालाई स्वदेशमा रोकेर राख्न नसक्ने बताइन। सरकार सञ्चालन गर्ने राजनीतिक पार्टीले दीर्घकालीन सोच नराखी बजेटमा आउने पपुलिष्ट कार्यक्रमले युवालाई प्रभाव नपार्ने बताइन। नेतृ झाँक्रीले अब युवाहरु  आफै राज्य संयन्त्रमा प्रवेश गर्ने गरि आउनुपर्ने आवश्याकता रहेको बताइन्।

ग्लोबल युथ पार्लियामेन्टले हरेक वर्षभिन्न बिषयमा राष्ट्रिय युवा संसद भनेर छलफल चलाउँदै आएको छ। आजको कार्यक्रममा देश भरका १६५ जना युवा युवतीले वातावरण र पर्यटनको विषयमा छलफल गरेका छन्।

प्रकाशित: २ भाद्र २०७६ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App