coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्पत्ति शुद्धिकरण र आतंकवादबारे नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण

काठमाडौं– नेपालका विभिन्न सरकारी निकायका २० जना अधिकारीलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम दिन सुरु गरिएको छ।

सोमबारबाट भारतको फरिदाबादस्थित नेशनल एकेडेमी अफ कस्टम, इनडाइरेक्ट टेक्सस एण्ड नार्कटिस (एनएसीआइएन) मा सुरु भएको प्रशिक्षण भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो। 

नेपाली अधिकारीको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस वर्ष नेपालका विभिन्न नियामक निकायका ६० जना अधिकारीलाई तालिम दिइनेछ। उक्त प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीलाई एनएसिआएनमा अक्टोबर र डिसेम्बर महिनामा दिइनेछ। यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने अपेक्षा गरिएको छ।

सम्पत्ति शुिद्धकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा एनएसिआएन भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो। यो एशिया/प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो। यसले अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै युएनइपी, युएनडिपी, एसएएसइसी आदिसँग मिलेर काम गर्दै आएको छ।

प्रकाशित: २ भाद्र २०७६ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App