coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रसंघका महासचिवलाई पत्र पठाउँदै जनमोर्चाले भन्योः कश्मीरमा भारतको ज्यादती रोक

काठमाडौं– चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले जम्मू कश्मीरका जनताको आत्मनिर्णयको अधिकारको सुनिश्चितता गर्न संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ। 

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसलाई आवसीय संयोजक कार्यालय काठमाडौंमार्फत ज्ञापन पत्र पठाउँदै जनमोर्चाले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सुनिश्चित गर्न आग्रह गरेको हो। 

संविधानअन्तर्गत कायम भएको विशेष संवैधानिक अवस्था खारेज गर्ने कदम जम्मु कश्मीरका जनतामाथिको विश्वासघात भन्दै जनमोर्चाले कश्मीरमा भारतीय ज्यादती रोक्न समेत राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ। 

सन् १९४८ को अप्रिल २१ मा पारित संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको ४७ नं को प्रस्तावले काश्मीरका जनतालाई जनमत संग्रहद्वारा भारत वा पाकिस्तानमा मिल्ने अधिकार प्रदान गरेको स्मरण गर्दै जनमोर्चाले भारत र पाकिस्तानको कारणले त्यो पाउन नसकेको र अब राष्ट्रसंघले सुनिश्चित गर्नुपर्ने माग गरेको छ। 

भारत सरकारद्वारा जम्मु कश्मीरको विषेश अधिकारलाई समाप्त गर्ने वा सयुंक्त राष्ट्रसंघको सुरक्षा परिषदको ४७ नं.को प्रस्तावद्वारा त्यहाँका जनतालाई स्वीकृत जनमत सङ्ग्रहको अधिकार प्रयोग हुन नसक्नु भन्दा कैयौँ गुणा बढी गम्भीर रहेको जनमोर्चाको ठहर छ। 

‘जम्मु काश्मिरका जनतालाई भारत वा पाकिस्तामा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार प्रदान गर्नुपर्छ’, जनमोर्चाले भनेको छ, ‘हामी राष्ट्रसंघसँग त्यहाँको समस्यालाई यही प्रकारले अर्थात् जम्मुकाश्मिरका जनतालाई आत्मनिर्णयको अधिकारको सुनिश्चत गरेर टुंग्याउन अनुरोध गर्दछौँ।’

महासचिव गुटेर्रेसलाई ज्ञापन पत्र पठाउन अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, महासविच जनकराज शर्मा, कोषाध्यक्ष ओमबहादुर केसी, सचिव हिमलाल पुरी, केन्द्रीय सदस्यद्वय मनोज भट्ट, घनश्याम न्यौपानेको प्रतिनिधिमण्डल राष्ट्रसंघका आवसीय संयोजक कार्यालय पुगेको थियो। 

प्रकाशित: २ भाद्र २०७६ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App