coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रदर्शनअगावै लगानी उठायो ‘साहो’ले, प्रभासको पारिश्रमिक कति?

मुम्बई– बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ले प्रदर्शन अगावै लगानी उठाएको छ। फिल्म अगस्त ३० अर्थात ११ दिनपछि प्रदर्शन हुँदैछ। 

साहोको भिएफएक्स, स्टन्ट सीन्स, फाइट सीकेन्स कमालको छ। ३५० करोडमा निर्माण भएको फिल्मले थियेट्रिकल राइट्स बेचेर मात्रै ३२० करोड रुपैयाँ कमाएको छ। 

सञ्चारमाध्यमका अनुसार निर्माताले थियेट्रिकल राइट्स बेचे पनि एक्सन सीन्स र भिएफएक्सको सम्झौता भने गरेका छैनन्। अझै साहोको सेटलाइट र ओटिटी प्लेटफर्म राइट्स विक्री हुन बाँकी छ। 

विश्वमै सफल फिल्म बाहुबलीपछि प्रभासको पहिलो फिल्म भएकाले फ्यानहरु साहोको प्रतिक्षामा छन्। आजकल प्रभास र श्रद्धा साहोको प्रमोशनमा व्यस्त छन्। 

साहोमा अभिनय गरेवाफत प्रभासले सय करोड पारिश्रमिक लिएको बताइएको छ। यो पारिश्रमिकका साथ प्रभास महंगो भारतीय कलाकार बनेका छन्। यद्यपि सय करोड लिएको कुरा प्रभासले सार्वजनिक गरेका छैनन्। 

साहोलाई संसारभर आइमेक्स फर्मेटमा रिलिज गरिनेछ। सुजितको निर्देशनमा बनेको फिल्ममा प्रभास र श्रद्धाका अलावा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पांडे मुख्य भूमिकामा छन्। 

प्रकाशित: २ भाद्र २०७६ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App