८ वैशाख २०८१ शनिबार
राजनीति

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

काठमाडौं– नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौँमा सुरु हुने भएको छ। सोमबार परराष्ट्र मन्त्रालयले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहिबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए। बैठकमा राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुने भएको छ। यसका साथै दुई देशका सरकारप्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन गर्ने पनि मन्त्रि ज्ञवालीले जानकारी दिए।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने भएको छ। यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउदै शिखर सम्मेलन गर्ने बिषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्रि ज्ञवालीले जानकारी दिए।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन्। यो दुई देश बीचको विषय भएको र यसलाई  वार्ता र सहमतिबाट मात्रै निकाश खोज्न सकिने विश्वाश ब्यक्त गरे।

प्रकाशित: २ भाद्र २०७६ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App