७ वैशाख २०८१ शुक्रबार
खेल

ऋषभलाई ‘रिप्लेस’ गरे श्रेयसले

नयाँदिल्ली– भारतीय राष्ट्रिय क्रिकेट टोलीमा युवा खेलाडी ऋषभ पन्तको स्थान अर्का युवा खेलाडी श्रेयस अय्यरले लिएका छन्। 

भारतीय टिमका कोच रवी शास्त्रीले राष्ट्रिय टिमको चौथो स्थानमा युवा व्याट्सम्यान अय्यरलाई ल्याइएको जानकारी दिए। टाइम्स अफ इण्डियासँग कुरा गर्दै शास्त्रीले वनडेमा अय्यर भारतका लागि ४ चौथो नम्बरमा व्याटिङ जारी राख्ने बताए। उनले आफूहरुको लक्ष्य बढी भन्दा बढी युवा खेलाडीलाई टिममा ल्याउनु भएको पनि बताए।

हालै वेस्ट इण्डिजविरुद्ध भएको तीन खेलको वनडे सिरिजमा अय्यरले चौथो नम्बरमा व्याटिङ गरेका थिए। उनले दुई खेलमा ७१ र ६५ को स्कोर बनाएका थिए। यसभन्दा अघि युवा व्याट्सम्यान ऋषभलाई चौथो नम्बरमै अवसर दिए पनि उनले आफूलाई प्रमाणित गर्न सकेनन्। उनको प्रदर्शन कमजोर रह्यो।  

वेस्ट इण्डिजविरुद्धको वनडे सिरिजमा सुरुमा ऋषभले चौथो नम्बरमै ब्याटिङको अवसर पाएका छन्। तर, उनको प्रदर्शन बिर्सनलायक रह्यो। त्यसपछि टिम व्यवस्थापकले अय्यरलाई चौथो नम्बरमा मौका दियो। उनले आफूलाई प्रमाणित गरे। 

रोचक त के छ भने आइपीएलको टिम दिल्ली क्यापिटल्समा श्रेयस कप्तान छन् भने ऋषभ उपकप्तान। यता राष्ट्रिय टिममा श्रेयसले ऋषभलाई उछिनेका छन्। 

यसअघि पूर्व राष्ट्रिय खेलाडी सुनील गावस्करले पनि चौथो नम्बरमा व्याटिङका लागि ऋषभ पन्तको ठाउँमा श्रेयस अय्यरलाई ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

प्रकाशित: २ भाद्र २०७६ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App