coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालको हवाई सुरक्षामा सुधार : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकास माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्।

काठमाडौंमा सोमबारबाट सुरुभएको  अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताए। प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यहि शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताए। नेपालले हवाई सुरक्षाका बाँकि कामहरुमा क्रमस सुधार गर्दै गएको बताए। नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पष्ट पर्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको प्रष्ट्याए। नेपालको पर्यटन क्षेत्रको विकाशको लागि कनेक्टिभिटी आवश्यक रहेको बताए।

आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको जानकारी दिए। साथै थप दुई नयाँ अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको बताए।

प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पष्ट भएको हुँदा विकास  लगानीको लागि अनुकुल समय रहेको बताए। नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी  पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ् दिन सबैलाई आग्रह गरे।  आजबाट  सुरु भएको सम्मेलन पाँच दिन सम्म चल्ने छ। यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन्।

               

               

प्रकाशित: २ भाद्र २०७६ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App