coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

काठमाडौं- निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो। आयोगको तेश्रो पञ्चबर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्र्तगत ४० वटा कार्यनीति तय गरिएको छ। कार्यनीतिहरु कार्यान्वनयका लागि ५ बर्षको कार्ययोजना समते तयार गरी १ सय ५६  वटा क्रियाकलापहरु पहिचान गरिएको छ। आयोग परिसरमा सोमबार सम्वाददाताहरुसंग कुरा गर्दे प्रवक्ता शंकर प्रसाद खरेलले  ७ वटै प्रदेश र सम्बन्धि क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिए।

स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तीका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धि नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवम् नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ।

               

प्रकाशित: २ भाद्र २०७६ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App