वीरगन्ज- सरकारले साथदिए र देशको अस्थिर राजनीतिक परिस्थितिमा सुधार भएवीरगन्जसमृद्ध भएर देशको आर्थिक गतिविधिलाई मजबुतबनाउन सहायकबन्ने प्रचूर सम्भावना रहेको यहाँका बुद्धिजिवी, नागरिक क्षेत्रकाअगुवा र निजी क्षेत्रकाप्रतिनिधिको भनाइछ। उसै पनि देशको हरेक राजनीतिकआन्दोलनमा बढेर भागलिने व्यापारिक सहर वीरगन्जलेपोहोर करिब ६ महिनाचलेको मधेश आन्दोलनको एकोहोरो भार सहेर पछिल्लो समयमाअनक्षेपितआर्थिकक्षतिको सामनागनुपरेको छ। सरकार, निजी क्षेत्र र नागरिक स्तरलेसाझाप्रयास गरेवीरगन्जलाई आधुनिक र आर्थिक, सामाजिकतथा संस्कृतिक रुपमा समृद्ध बनाउनसकिने शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीले औंल्याए।
स्थानीय समाजसेवी संस्था रिलिफ सोसाइटी अफकमर्सको रजतजयन्तीमाआयोजित 'समृद्ध वीरगन्ज : अवसर र चुनौती'विषयकविचार गोष्ठीमा प्रमुखअतिथि रहेका संसदको विकास समिति संयोजकरवीन्द्रअधिकारीले राजनीतिकअस्थिरताकाकारण देशसँगै वीरगन्जको विकास पनिरोकिएको बताए। राष्ट्रिय महŒवको सहर वीरगन्जको विकासकालागि एउटा गुरुयोजना (मास्टर प्लान) आवश्यक रहेको अधिकारीले बताए।'ग्रेटर वीरगन्जको अवधारणा अनुसार वीरगन्जलाई केन्द्र बनाएर एउटा मास्टर प्लानबन्नआवश्यक छ,' संयोजकअधिकारीले भने, 'र, मास्टर प्लान देखाएर राख्ने होइन, त्यस अनुसार कामगर्नुपर्छ। आधुनिक सहर बनाउनकानिम्तिचाहिने कुराहरु पूरा गर्दै जानुपर्छ।' यसकालागियहाँका सम्बद्ध कार्यालयहरुले अग्रसरतालिनुपर्ने र स्थानीय स्तरबाट झक्झकाउने कामभइरहनुपर्ने उनको सुझावथियो।
वीरगन्जको विकाससँगै देशको उन्नतिपनिजोडिएकोले यहाँको लागिराज्यले विभिन्न योजनाल्याउने तयारी गरेको उनले जानकारी दिए। निजगढ–काठमाडौं तराई मधेसद्रुतमार्ग नेपाल सरकारले नै बनाउने सहमतिभएको उनले उक्तअवसरमाजानकारी दिँदै नेपालअबत्रिदेशीयकरिडोरबन्ने बताए। नेपाललाई भारत र चीनबीचको ट्रान्जिट बनाउने अवधारणा अनुसार केरुङ र पर्सा जोड्ने सडक निर्माण प्रक्रिया अगाडि बढाइरहेको सांसद अधिकारीले बताए।पहिलो संविधानसभाबाट संविधाननआउँदाबाह्यशक्तिहाबी भएपछिमुलुकलाई थपद्वन्द्वमा जानबाट जोगाउन र प्राप्तउपलब्धिलाई संस्थागतगर्न तत्कालीनअवस्थामाजारी गरिएको संविधानआवश्यकताअनुसार संशोधनगर्न सकिने एमालेको धारणा रहेको उनले प्रस्ट्याए।
गतवर्ष लामो समय चलेको मधेसआन्दोलनको अगुवाइगर्ने पार्टी संघीय समाजवादीफोरम नेपालका सांसद लालबाबु राउत गद्दीले वीरगन्जकोविकासको हकमासबै सरोकारवालामिल्नुपर्ने बताउँदै 'यसअघि राज्यले देखाएको विभेद पनि हट्न जरुरी रहेको' उल्लेख गरे। वीरगन्जको विकासमा राज्यले समुचितध्याननदिएको उनको आरोप थियो।
विश्लेषक तथापत्रकार चन्द्रकिशोरले 'कुन ठाउँमा के, किन र कसरी बन्नुपर्छ भन्नेमा एउटा बृहत्तर वीरगन्ज चार्टर बन्नुपर्ने बताए।'त्यसमायहाँका राजनीतिक पार्टी, यहाँको नागरिक समाज र यहाँको मिडिया सबैको कमिटमेन्ट हुनुपर्छ,' उनलेभने। देशको राजनीतिकइतिहासमा महŒवपूर्ण स्थानराख्नेवीरगन्जको पहिचान, सार्वजनिक संस्थाहरु, सांस्कृतिकपहिचानका कुरा लगायतलाई संरक्षण गरेर लैजानुपर्ने उनले बताए। राज्यले साथदिएवीरगन्जले निकै सामर्थ्यबोकेकोअर्काविश्लेषक मनोज उपाध्यायले बताए।
'वीरगन्जको त्यो सामर्थ्यलाई प्रस्फुटन गर्ने, त्यसलाई विश्लेषणत्मक तवरबाट राष्ट्रिय स्तरमाउजागर गर्ने वातावरण सरकारले दिएन,'उनले भने। सोसाइटीका अध्यक्षअशोक लाठको सभापतित्वमाभएको कार्यक्रममाअग्रजपत्रकार जगदीशशर्मा, उद्योग वाणिज्य संघका अध्यक्षप्रदीप केडिया, निवर्तमानअध्यक्षअशोक टेमानी, लायन्सकाअन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान, उद्यमी सुबोध गुप्ता, हरि गौतम लगायतले मुलुकलाई योगदानगर्ने वीरगन्जनिकै सम्भावनाबोकेको सहर भएकोले यसको विकास योजनामा ढिलाइ गर्न नहुने बताए।
प्रकाशित: २८ कार्तिक २०७३ ०४:२८ आइतबार