coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

किन ‘नोट अफ डिसेन्ट’ लेख्दैछन् माधव नेपाल ?

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन्।

स्रोतका अनुसार उनले आइतबार राति सकिएको सचिवालय बैठकले गरेका केही निर्णयमा नोट अफ डिसेन्ट लेख्न खोजेका थिए। तर, विविध कारणले पाएनन्। बैठकमा सहभागी भएका एक सचिवालय सदस्यका अनुसार नेता नेपालको लिखित असहमति आएमा महासचिव विष्णु पौडेलले माइन्युटमा चढाउने छन्। स्रोतका अनुसार उनले नीतिगत विषय नमिलेको भन्दै असहमती लेख्न लागेका हुन्। 

नेता नेपालले वरिष्ठ नेता झलनाथ खनालको वरीयता स्वीकार्न आफू तयारी रहे पनि पाटीभित्र नीतिगत विषय नमिलेकोमा असहमति जनाएका छन्। नवौँ महाधिवेशनदेखि नै खनाल वरिष्ठ नेता रहेकोले नेता नेपालले वरिष्ठ नेता खनालको वरीयता कठिन परिस्थितीमा स्वीकार गरेका छन्।

तत्कालनि नेकपा एमालेका उपाध्यक्षहरु भिम रावल, अष्टलक्ष्मी शाक्य,र युवराज ज्ञवालीलाई सचिवालय सदस्यको रूपमा नराखेकोमा नेता नेपाले असहमति छ।

तत्कालिन उपाध्यक्षको हैसियताअनुसार इश्वर पोखेरल भन्दा उनीहरु पार्टी वारीयतामा माथि रहँदा पनि सचिवालय सदस्यमा नराखेको प्रति नेपालले बैठकमै अपत्ति जनाएको स्रोतले बताएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिले आफुलाई खनाललविरुद्ध प्रयोग गर्न खोजेको र अहिले खनाललाई आफुविरुद्ध प्रयोग गर्न खोजेको नेता नेपालको भनाइलाई उदृत गर्दै स्रोतले बताएको छ।

सोमवार बिहानै जनकपुरतर्फ गएका नेता नेपालको नोट अफ डिसेन्ट तयार भइसकेको र सो लिखित कपी महासचिवलाई पठाइने स्रोतले बताएको छ । सचिवालयबैठकले अध्यक्षद्वयपछिको वरीयतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको छ । यसअघि नेता नेपाल थिए । अब उनी चौथो वरीयतामा पुगेका छन्।

प्रकाशित: २ भाद्र २०७६ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App