८ वैशाख २०८१ शनिबार
विचार

मानवीय सहयोगमा महिला

–इन्दु घिमिरे र भ्यालरी जुलियन्ड
हरेक वर्ष नेपालले कुनै न कुनै प्रकारका विपद्को सामना गर्छ, जसबाट पीडित÷प्रभावितहरूलाई मानवीय सहायताको आवश्यकता पर्छ। हामीले नेपालमा मनसुनको मध्य समयमा विश्व मानवीय सहायता दिवस मनाइरहँदा त्यस्तो सहयोगमा योगदान पु¥याउन अनवरत खटिरहेका मनकारी र अब्बल व्यक्तिहरूप्रति हामी सम्मान प्रकट गर्न चाहन्छौँ।

मानवीय कार्यका लागि आफ्नो जीवन समर्पण गर्नु भनेको घरभित्रकोे आराम, सम्बन्ध र भौतिक सुविधालाई तिलाञ्जलि दिनु हो भन्ने कुरा यस अवसरमा हामीले सम्झनुपर्छ। विश्व मानवीय सहायता दिवसको दशौं वार्षिकोत्सवका अवसरमा हामी विश्वव्यापी रूपमा खासगरी मानवीय प्रतिकार्यमा समर्पित दशौं लाख महिला– विपद् सामना गर्ने महिला, जसले प्रायः आफैं पहिलो प्रतिकार्य गर्छन् र विश्वभरिका महिला मानवीय सहायताकर्मीहरू, जो विपद् प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न आवश्यक परेका जुनसुकै स्थानमा पुग्छन्– दुवैप्रति सम्मान व्यक्त गर्न चाहन्छौं।

विश्वभर र यहाँ नेपालमा पनि मानवीय प्रतिकार्यलाई सशक्त बनाउन महिलाको भूमिका आवश्यक हुन्छ।

हामी दुवै महिला मानवीय सहयाताकर्मी हौं र हामी मानवीय प्रतिकार्यको अग्रपंक्तिमा रही आएका छौं। सन् २०१५ को भूकम्पका बेला तथा सन् २०१७ को बाढीताका र अहिले पनि सरकार र हाम्रा अन्तर्राष्ट्रिय सहायताकर्मी संस्थाहरूमा रहेर आवश्यक पर्नेहरूलाई सहयोग गर्न नेपाली महिला समुदायमा प्रतिकार्यका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट योगदान गरेको हामी पाउछौं। यो दिवसका अवसरमा हामी मानवीय सहायताकर्मी नेपाली महिलालाई सलाम गछौं र  बधाई दिन चाहन्छौं।

हामीले यस अवसरलाई नेपालमा महिला मानवीय सहायताकर्मीहरूका व्यक्तिगत कथाहरू उजागर गर्ने कार्यक्रम आयोजना गर्न उपयोग गरेका छौं। यी आँट र साहस एवं नवीन सोच र प्रयोगका प्रेरणादायी कथाहरू हुन्। उनीहरूले भन्ने कथाहरू भविष्यमा आइपर्ने विपद् सामना गर्न योग्य हुन्, जोखिममा रहेका व्यक्तिसम्म पुग्ने तरिका, शान्ति र सुरक्षाका लागि कार्य, जीवन परिवर्तनका लागि प्रविधि प्रयोग र जनसमुदायसँग मिलेर योजना तथा तयारी गर्ने कामसँग सम्बन्धित छन्। यी महिला भिन्नाभिन्नै पृष्ठभूमिबाट आएका छन्, तर मानव सेवा गर्ने आफ्ना ध्येयमा एकताबद्ध छन्।

आजको दिन विपद्का बेला महिला सर्वाधिक  प्रभावित हुन नपरुन् भन्ने कुरा मनन गर्नुपर्ने दिन पनि हो। निरन्तर जनसंख्या वृद्धि, सहरीकरण, प्राकृतिक स्रोतहरूको दोहन र जलवायु परिवर्तनको प्रभाव अझ गम्भीर बन्दै गइरहेको यो समय  समुदायहरूलाई मानवीय सहायता आवश्यक पर्छ। त्यसमा पनि प्रायः महिला तथा बालिका विपद्को प्रभाव झन् बढी पर्ने जोखिममा रहेका हुन्छन्। विपद्पश्चात् पर्याप्त रूपमा विशिष्ट मानवीय आवश्यकताहरूको पहिचान वा सम्बोधन प्रायः हँुदैनन्। प्राकृतिक विपद्का बेला महिला र अन्य अल्पसंख्यकहरू– युवावस्था र वृद्धावस्थाका महिलासहित, थप सीमान्तिकृत हुने गर्छन्। महिलाका आवाजलाई बिर्सिन हँुदैन र उनीहरूका विशिष्ट आवश्यकताहरू सम्बोधन गरिनुपर्छ। विश्व मानवीय सहायतासम्बन्धी शिखर सम्मेलनले हामीलाई सम्झाएको छ ः स्थानीय स्तरका राजनीतिक नेता तथा स्थानीय महिला समूहहरूलाई मानवीय सहायता कार्यमा सार्थक सहभागिताका लागि समेत महिलाहरूलाई परिवर्तनका संवाहकका रूपमा सशक्तीकरण गरौं। यो सन्देश नेपालमा र आज यहाँ हामीले देखेका महिलाहरूमा प्रतिविम्बन भएको पाइन्छ।

लैंगिक समानताको सवाललाई राष्ट्रिय स्तरको विपद् प्रतिकार्यको अग्रभागमा ल्याउन नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघले निरन्तर निकटमा रहेर काम गरिरहेका छन्। महिलाका विशिष्ट आवश्यकताहरूमा ध्यान दिने नीति तथा रणनीतिहरू अवलम्बन गरिएको छ र संयुक्त राष्ट्रसंघ तथा नेपाल सरकार महिलाका आवश्यकताहरू पहिचान गर्न तथा त्यसमा गर्नुपर्ने कार्यक्रमका खाका बनाउन उनीहरूका आवाजलाई अगाडि ल्याउन सक्रिय रूपमा काम गरिरहेका छन्। विपद् प्रतिकार्यका लागि समतामूलक प्रणाली स्थापना गर्न महिलाहरूलाई उनीहरू नै परिवर्तनका संवाहक हुने गरी सहयोग गर्नुपर्छ।

भविष्यका लागि हामी महिला मानवीय सहायताकर्मीका रूपमा आपतकालीन अवस्था आउन नदिन तथा सोका लागि तयार रहन मात्र नभई आवश्यक पर्दा प्रतिकार्यका लागि समेत सक्रिय हुन सबै साझेदारहरूसँग मिलेर काम गर्ने अपेक्षा राख्छौं। विश्वभर र यहाँ नेपालमा पनि मानवीय प्रतिकार्यलाई सशक्त बनाउन महिलाको भूमिका आवश्यक हुन्छ। आजका दिन विपद्मा परेका मानिसहरूलाई सहयोग गर्ने क्रममा आफ्नो जीवन गुमाउने र प्रत्येक दिन जोखिम मोलेर काम गर्ने मानवीय सहायताकर्मीहरूलाई सम्मान गरिरहँदा हामी सबै मानवीय सहायताकर्मीहरू र खासगरी महिला मानवीय सहायताकर्मीहरूलाई सलाम गर्छाैं र  उनीहरूप्रति उच्च प्रशंसा प्रकट गर्छौं।  विश्व मानवीय सहायता दिवसको शुभकामना !
(घिमिरे– सहसचिव विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, गृह मन्त्रालय र जुलियन्ड– संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक)

 

प्रकाशित: २ भाद्र २०७६ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App