७ वैशाख २०८१ शुक्रबार
खेल

हमिदको डेब्युमै उत्कृष्ट प्रदर्शन

राजकोट- टेस्टमा डेब्यु गरेका युवा ब्याटसम्यान हसिब हमिदले उत्कृष्ट ब्याटिङ गरिरहँदा इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पकड जमाएको छ। राजकोटमा जारी टेस्टको दोस्रो इनिङमा हसिबले अविजित ६२ रन बनाएपछि शनिबार दिनको खे सकिँदा इङ्ल्यान्डले १ सय ६३ रनको अग्रता लिएको छ। ओपनर हसिबले १ सय १६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै घरेलु टोली भारतमाथि दबाब सिर्जना गरेका छन्। उनलाई कप्तान कप्तान एलिस्टर कुकले ४६ रन बनाई साथ दिइरहेका छन्। डेब्युमै आत्मविश्वासी प्रदर्शन गरेका हमिदले १ सय ४१ मिनेटसम्म क्रिजमा बिताए। उनले कप्तानसँग उत्कृष्ट सहकार्य गरेपछि इङ्ल्यान्डले विना विकेट १ सय १४ रन जोडेको छ। उदीयमान बलर अदिल रसिदले १ सय १४ रन खर्चेर ४ विकेट लिएपछि भारत लन्ज सेसनसम्म ४ सय ८८ रन बनाएर अलआउट भयो।

'आइतबार अझै धेरै खेल्न बाँकी छ। सर्वप्रथम आउट हुनुअघि हामीले कति रन बनाउँछौं। त्यो हेर्न बाँकी छ,' रसिदले भने, 'यदि हामी राम्रो स्थानमा छांै भने भारतविरुद्ध राम्रो गर्नुपर्छ। हेरांै भोलि के हुन्छ।'

रसिदले हमिदको ब्याटिङप्रति खुलेर तारिफ गरे। उनले भने, 'उनी महान प्रतिभा हुन्। उनले नेटमा धेरै कडा मिहिनेत गरेका छन्। यसले उनलाई राम्रो खेलाडीका रूपमा चिनाएको छ।'

इङ्ल्यान्डले भारतको भ्रमण गर्नु अघि बंगलादेशविरुद्धको टेस्ट सिरिजमा निराशाजनक नतिजा निकालेको थियो। दुई टेस्ट सिरिजमा इङ्ल्यान्ड १–१ को बराबरीमा रोकिएको थियो।

बंगलादेशको नतिजाबाट निराश इङ्ल्यान्डले नयाँ खेलाडीलाई समेट्दै भारतविरुद्धको पाँच खेलको शंृखलालाई निस्किएको हो।

रविचन्द्रन अश्विनले महŒवपूर्ण समयमा अर्धशतक प्रहार गर्दै घरेलु टोलीको आत्मविश्वास बढाएका थिए। उनले अर्धशतक बनाएपछि भारत ४९ रनले मात्र पछि परेको थियो। ३४९/५ रनको स्थितिमा अश्विन मैदानमा छिरेका थिए। उनले १ सय ३९ बलमा ७० रन जोडेपछि भ्रमणकारी टोलीमा तनाब बढेको थियो। अलराउन्डर क्षमता देखाउने क्रममा अश्विनले टेस्ट करिअरमा सातौं अर्धसतक बनाए।

उनले सन् २०१२ मा इङ्ल्यान्डले भारत भ्रमण गर्दा ६० रन बनाउँदै आफ्नो क्षमता देखाएका थिए। यसैगरी पहिलोपल्ट भ्रमणकारी टोलीले भारतविरुद्ध पहिलो इनिङमा अग्रता लिएको हो।

भारतीय टोलीका ब्याट्सम्यान मुरली विजयले आफ्नो टोली खेलमा फर्कने बताएका छन्।

प्रकाशित: २८ कार्तिक २०७३ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App