coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हाप्किडो अभिमुखीकरण तालिम सम्पन्न

भक्तपुर – भक्तपुर मार्सल आर्ट्स हाप्किडो संघको आयोजनामा सिद्धि स्मृति प्रतिष्ठानमा मार्सल आर्ट्स हाप्किडोसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल मार्सल आर्टस हाप्किडो संघका उपाध्यक्ष नारायण पौडेल र राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले मार्सल आर्ट्सबारे प्रकाश पारेका थिए। प्रमुख प्रशिक्षक लानम लामाले मार्सल आर्ट्स हाप्किडोसम्बन्धी प्रशिक्षण दिएको कार्यक्रममा नेवा मिसा पुच न्हपांगु पःलाका संस्थापक शिला साय्मि, सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक श्यामसुन्दर धौभडेल र नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनले मन्तव्य राखेका थिए।

नवगठित संघका अध्यक्ष एवं नेपाल मार्सल आर्ट्स हाप्किडो संघका प्रशिक्षक पद्मा खयरगोलीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका पुरेन्द्रविक्रम लाखेले हाप्किडो संघको प्रमाणपत्र एवं दोस्रो डान प्रदान गरेका थिए। सो अवसरमा नेवा मिसा पुःच न्हपांगु पला काठमाडाैं, महिला सशक्तीकरण कार्यक्रम उपभोक्ता समिति, चन्द्रागिरि–१५, उज्यालो महिला समाज बनेपा, स्कलर होम एकेडेमी, पूर्ण ह्यान्डमेड कलेक्सन, सूर्योदय सेकेन्डरी स्कुल, भक्तपुर नपा–७, वाइजल्यान्ड सेकेन्डरी स्कुल, बालसेवक आधारभूत विद्यालय, विद्याविकास इङ्लिस सेकेन्डरी स्कुल, इमेज सेकेन्डरी स्कुल, चण्डेश्वरी आधारभूत विद्यालय, लायन्स क्लब अफ न्यातापोल भक्तपुर, नवीन आधारभूत विद्यालय र प्रोवेश इङ्लिस सेकेन्डरी स्कुललाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।

प्रकाशित: २ भाद्र २०७६ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App