४ वैशाख २०८१ मंगलबार
समाज

काञ्जीरोवामा स्टिम प्रशिक्षण

काठमाडौं – कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रोबोटिक्स संघसँगको सहकार्यमा काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौं उपत्यकाका १८ विभिन्न विद्यालयका २८ विज्ञान र गणित विषयका शिक्षकहरूको सहभागिता थियो।

नेपाल रोबोटिक्स संघ र संयुक्त राज्य अमेरिकाका अन्य केही संस्थाहरूको सहयोगमा विद्यालयमा सञ्चालित स्टिम परियोजनाबाट विगत पाँच वर्षदेख काञ्जीरोवाका विद्यार्थीहरू लाभान्वित हुँदै आएका छन्।

प्रशिक्षणलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले काञ्जीरोवाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यमा स्टिम परियोजना सञ्चालन गर्दै आइरहेको र नेपालमा थ्रिडी प्रिन्टिङ प्रयोगमा ल्याउने पहिलो विद्यालय काञ्जिरोवा हुन पाएकोमा आफूहरूलाई गौरव अनुभूति भएको धारणा राखे।

प्रकाशित: २ भाद्र २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App