७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको हस्तक्षेप

भक्तपुर - भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले अस्पतालले हस्ताक्षेप गरेको छ । आप्mनो क्षेत्रअधिकारभित्र परेको अस्पतालमा भएको भ्रष्टाचारलाई टुलुटुल हेरिरहन नसकिने भन्दै नगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको हो ।

भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीमा रहेको अस्पतालको पुरानो व्यवस्थापनलाई खारेज गरी नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । गएको बिहीबार नगर परिषद्बाट निर्णय गरी नगर प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन भएको नयाँ व्यवस्थापनले आइतबार अस्पताल पुगेर कार्यभार सम्हालेको छ । आइतबार नै अस्पताल व्यवस्थापन समितिको पहिलो बैठकसमेत बसेको नगरपालिकाले जनाएको छ । पहिलो बैठकले अस्पतालमा भएको भ्रष्टाचारमाथि एक महिनाभित्र छानबिन गरी प्रतिवेदन दिन छानबिन समितिसमेत गठन गरेको जनाएको छ ।

आइतबार नयाँ व्यवस्थान समितिका अध्यक्ष प्रजापतिलाई अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गरेका थिए । नयाँ व्यवस्थापन समितिका अध्यक्षको स्वागतमा अस्पतालद्वारा आयोजित स्वागत कार्यक्रममा संघीय सांसद एवम् अस्पताल व्यवस्थापन समितिका सल्लाहकार प्रेम सुवाल, नगर प्रमुख एवं नयाँ व्यवस्थापन समितिका अध्यक्ष प्रजापति, अस्पतालका मेडिकल डाइरेक्टर प्राडा श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पताल कल्याणकारी समितिका संयोजक शिवराम धुख्वा, अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेलगायतले अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारबाट संस्थालाई बचाउनु आवश्यक भएको बताए ।

खारेजीमा परेको पुरानो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र श्रेष्ठले सुचारु रुपमा सञ्चालन भइरहेको अस्पतालमाथि हस्तक्षेप हुनु काुननविपरीतको कार्य भएको बताए । ‘यस विषयमा हामी अदालतमा जान्छौं,’ उनले भने । अस्पतालभित्र भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको विरोधमा संघर्षरत स्थानीय जनता, भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समिति र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको संचालन एवं व्यवस्थापनको जिम्मेवारी लिन नगरपालिकामा लिखित अनुरोध गरेकाले अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुपरेको नगरपालिकाको भनाइ छ ।

यसअघि नगर प्रमुखको अध्यक्षतामा गठिन नयाँ व्यवस्थापन समितिमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेका छन् । त्यस्तै नेपाल अर्वुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य, अस्पतालका मेडिकल डाक्टर प्रतिनिधि र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी बनाइएको उक्त समितिमा महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरिक्षकलाई आमन्त्रित सदस्यको रुपमा चयन गरिएको छ । भक्तपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद प्रेम सुवाल र सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद सुरेन्द्रराज गोसार्इंलाई सल्लाहकारमा राखिएको छ ।

छानबिन समिति गठन
आइतबार बसेको नयाँ भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भइरहेको भ्रष्टाचारको विषयमा एक महिनाभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्न समिति गठन गरेको छ । भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्जमा गठन गरेको समितिको सदस्यहरूमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी रहको जनाइएको छ ।

बैठकले अस्पतालको सरसफाइ कार्यका लागि यसअघि भरोसा सर्भिस प्रालिसँग ठेक्का सम्झौता गरी सफाई कर्मचारीहरूमार्पmत सफाइ कार्य भइरहकोमा अस्पताल प्रशासनबाटप्रति कर्मचारी मासिक पारिश्रमिक प्रदान गरेअनुसार कम्पनीबाट कर्मचारीहरूले नपाएको र श्रम शोषण भएको गुनासो आएको हुँदा आइतबारकै मितिबाट भरोसा सर्भिससँग अस्पतालले गरेको सम्झौता भंग गर्ने निर्णय गरेको छ ।

साथै उक्त कम्पनीमार्फत यस अस्पतालको नियमित सरसफाइको कार्य गरिरहेका सुपरभाइजर एक जना र सफाइ कर्मचारी ३७ जनालाई अस्पतालको सुरु तहको कर्मचारीको रुपमा नियुक्ति गर्ने र उनीहरूलाई अस्पतालको नियमानुसार मासिक तलब र सुविधा प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले अस्पतालमा कार्यरत कर्मचारीहरूको अन्तिम पदोन्नति भएको मितिदेखि मिति २०७५ चैत्र मसान्तसम्म ५ वर्ष स्थायी नोकरी अवधि पुगेका कर्मचारीहरू तथा मौजूदा कर्मचारी प्रशासन नियमावलीअनुसार तह वृद्धि गर्ने, २ वर्ष कार्यकाल पूरा गरेका चिकित्सिक रजिष्ट्रारभन्दा माथि २ जना र ५ वर्ष कार्यकाल पूरा गरेका ९ कर्मचारीहरूलाई नियमावली अनुसार स्थायी नियुक्ति गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: २ भाद्र २०७६ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App