coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘राजा महेन्द्रले गरेको छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औँ मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्वपूर्ण कार्य भएको बताए।

अध्यक्ष थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र यसैलाई आधार बनाइ विदेशी धर्म र विदेशी संस्कृति लाद्न चाहनेहरुले धर्म परिवर्तन जस्तो जघन्य कर्म गरिरहेकोमा चिन्ता व्यक्त गरे। 

उनले सरकारले मुक्ति दिवसलाई उपेक्षा गर्नु विडम्बनापूर्ण भएको समेत बताए। उत्पीडित समुदायको लामो संघर्ष र बलिदानबाट स्थापना भएको संघीय गणतान्त्रिक सरकारबाटै मुक्ति दिवसको उपेक्षा हुनु दुःखद् भएको उनको भनाई छ। ‘आफूलाई क्रान्तिकारी र गणतन्त्र पक्षधर भन्ने सरकारले नै मुक्ति दिवस अस्वीकार गरेको छ’ अध्यक्ष थापाले भने, ‘यसबाट सरकारको संक्रिण मानसिकता उदाङ्गो भएको छ।’

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, शिक्षाविद् डा विद्यानाथ कोइराला, संगठनका अध्यक्ष श्रवण कुमार नेपाली, उपाध्यक्ष मिना स्वर्णकार, सरला बिक, रामु नेपाली लगायतले मन्तव्य राखेका थिए। २०१९ भदौ १ गतेकै दिन राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरी जातीय छुवाछूत उन्मुलन गराएका थिए।

प्रकाशित: १ भाद्र २०७६ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App