७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार सवारी दुर्घटनामा पुरुषको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते छिन् । 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ७५६० नम्बरको ट्रकले प्रदेश ३ –०१–००१ य १५४३ पर्यटक कार र बिपरित दिशाबाट ना२०प ३१०९ नम्बरको मोटरसइकललाई ठक्कर दिँदा भानु नगरपालिका–५ बारिफाँट बस्ने मोटरसाइकल चालक ३९ वर्षीय सुदीपराज पौडेल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा पौडेलकी श्रीमती ३४ बर्षिय प्रेमा न्यौपाने पौडेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको रत्नहरी अस्पताल दमौलीमा उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा पौडेलको मृत्यु भएको हो। गम्भीर घाइते प्रेमाको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक पूर्णबहादुर क्षत्रीले बताए। 

प्रकाशित: १ भाद्र २०७६ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App