काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्रीको स्वास्थ्य देखेर प्रश्न सोध्नै बिर्सेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने प्रधानमन्त्रीको ‘सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुसी भए कि प्रश्नोत्तर सोध्नै बिर्सेछु। अरु साथीहरुलाई पनि त्यही परेछ। सभामुखले नियमावली अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो। सभामुखले नियमावली मिच्नुहुन्न। मलाई विश्वास छ। म भिडियो रेकर्ड पनि चेक गर्दिन।’
त्यस्तै उनले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्। उनले सरकारले संसदसंग गरेको कार्यसम्पादन करार पुरा गर्न नसकेको बताएका हुन्। बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पुरा हुन नसकेकाले प्रधानमन्त्री शासन संञ्चालनको परीक्षामा असफल भएको तर्क गरे।
उनले भने ‘प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला। तर जनताले प्रधानमन्त्रीसंग गरेको कार्यसम्पादन करार खै? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पुरा भएन प्रधानमन्त्री ज्यू। त्यतिमात्रै होइन संसदले गरेको थियो। कार्यसम्पादन करार अघिल्लो वर्ष। बजेट कार्य सम्पादन करार हो। संसद र सरकारको। पुरा गर्न सक्नुभएन प्रधानमन्त्री ज्यू। यो परीक्षामा असफल भईसक्नुभयो। आउने दिन सफलता प्राप्त होस शुभकामना व्यक्त गर्छु।’
एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए।
लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दे उनले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दे सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताए।
उनले भने ‘प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ। ठिक हो प्रधानमन्त्री ज्यू। यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ? यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन्। शुभकामना छ सत्ताभित्रै कोही तरंगित नभएको होस्।’
सांसद रिजालले नियमावली अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराईएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए।
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
यसमा तपाईको मत