चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउछु भन्ने नसोचे हुन्छः प्रधानमन्त्री ओली

आइतबार, ०१ भदौ २०७६, १३ : २५ नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दे उनले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन्। प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार मैदान उत्रने बताए।

उनले भने 'ति शक्तिहरु जिउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ। यो बेमौसमी बाजा नबजाए हुन्थ्यो।’ उनले राजसंस्थावादीहरुलाई नहौसिन पनि चेतावनी दिए।

उनले भने “अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ। सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने , प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन। म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र , गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु सरकारको उदारताबाट त्यस्ता क्रियाकलाप संचालन गर्ने तत्वहरु नहौसिय हुन्छ।’

केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उनले सबैलाई सचेत गराए। ठुला ठुला चुनौतिको सामाना गरेर आएको पृष्टभूमि वर्तमान सरकारको रहेको भन्दै उनले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिए।

उनले भने “मैले एक जनाले भनेको सुने । प्रधानमन्त्री लगलग लगलग कामेका छन्। अब जाने भो भनेर। पद नगएको मैले दुनियाँमा कोही देखेको छैन्। सबैको पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचन पछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचन सम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु।’

उनले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे। लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हित विपरित कुनै पनि त्रुटी नगर्ने प्रतिवद्धता जनाए। उनले जनताको निरासा र तात्कालिन भल छोपेर सरकार गठन नभएको तर्फ पनि सचेत गराए।

उनले भने “जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ। यो सरकार अचानक एउटा हुईममा। जनताको निरासामाथि टेकेर बनेको सरकार होइन। तात्कालिन सेन्टिमेण्टको एउटा भल छोपेर बनेको सरकार होइन। अरुले ल्याएर दिएको लोकतन्त्रमा होइन। लोकतन्त्र ल्याउन लडेको हो। कोही भन्दा कम त्याग तपस्या र बलिदानी गरेर यस पार्टीले त्यो समर्थन प्राप्त गरेको होइन। यस पार्टीले कुनै नीतिगत वा कुनै त्रुटी र गलत कामबाट जनताको आलोचना खेप्नुपर्ने अवस्था श्रृजना गरेको छैन। अधिनायकवाद तर्फ गयो भनेर जनतामा भ्रम फैलाउने प्रयास नगरे हुन्छ ।”

प्रधानमन्त्री ओलीले एक साताभित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाए।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

Ncell Footer Ad