७ वैशाख २०८१ शुक्रबार
खेल

श्रीलंका जितकाे संघारमा

गाले – कप्तान दिमुथ करुणारत्ने र लाहेरु थिरामानेले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेसँगै श्रीलंका न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा जितको संघारमा पुगेको छ।

न्युजिल्यान्ड दोस्रो इनिङमा २ सय ८५ रनमा सीमित भएपछि घरेलु टोलीले जितका लागि २ सय ६८ रनको लक्ष्य पाएको थियो।  खराब प्रकाशका कारण निर्धारित समयभन्दा ३४ मिनेटअघि नै चौथो दिनको खेलमा समाप्तिमा श्रीलंका बिनाविकेट क्षति १ सय ३३ रनमा खेलिरहेको छ।  श्रीलंकालाई विश्व टेस्ट च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्न पाँचांै तथा अन्तिम दिन मात्र १ सय ३५ रनको आवश्यकता छ र १० विकेट सुरक्षित छ।  करुणारत्ने अविजित ७१ र थिरामाने अविजित ५७ रनमा खेलिरहेका छन्।  करुणारत्नेले १ सय ६८ बलमा २ चौका प्रहार गर्दा थिरामानेले १ सय ३२ बलमा ४चौका प्रहार गरे।  करुणारत्नेको यो २३औं टेस्ट अर्धशतक हो। 

करुणारत्ने र थिरामाने दोस्रो इनिङमा पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्ने श्रीलंकाली ओपनरसमेत बनेका छन्।  यसअघि १९९२ मा अस्ट्रेलियाविरुद्ध ओपनर रोशन महानामा र चण्डिका हाथुरुसिंघाले पहिलो विकेटका लागि १ सय १० रनको साझेदारी गरेका थिए।  न्युजिल्यान्डविरुद्ध पनि श्रीलंकाका ओपनरले गरेको यो सर्वाधिक रनको साझेदारी हो।  यसअघि १९९२ मै रोशन महानामा र चण्डिका हाथुरुसिंघाले न्युजिल्यान्डविरुद्ध पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी साझेदारी गरेका थिए।

१९५–७ बाट चौथो दिनको खेल सुरु गरेको न्युजिल्यान्डले थप ९० रन जोड्दा बाँकी ३ विकेट गुमाएको थियो।  न्युजिल्यान्डका लागि दोस्रो इनिङमा बिजे वाट्लिङले ७७ र विलियम सोमर भिल्लेले अविजित ४० रनको योगदान गरेका थिए। यसअघि न्युजिल्यान्डले पहिलो इनिङमा २ सय ४९ रन जोड्दा श्रीलंकाले भने २ सय ६७ रन जोड्दै पहिलो इनिङमा १८ रनको अग्रता लिएको थियो।

 

 

प्रकाशित: १ भाद्र २०७६ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App