८ वैशाख २०८१ शनिबार
राजनीति

भट्टराईले अक्सफोर्डमा प्रवचन दिने

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिने भएका छन्। भट्टराईले नोभेम्बर १४ मा बेलायतको 'हाउस अफ कमन' मा सांसदसँग भेटघाट र र लण्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिने कार्यक्रम रहेको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले बताए। नोभेम्बर १५ मा अक्सफोर्ड विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेट गरेपछि उनले विश्वविद्यालयमा 'समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्यायः नेपालमा आर्थिक विकासको निम्ति नयाँ दृष्टिकोण' विषयमा प्रवचन दिने कार्यक्रम छ।

लन्डनमा उनले नेपाली समुदायसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। उनी पोर्चुगल पनि जाने छन्। पोर्चुगलमा नेपाली समुदायसँग भेटघाट र पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। संयोजक भट्टराई नोभेम्बर १७ मा नेपाल फर्किने छन्।

प्रकाशित: २८ कार्तिक २०७३ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App