coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भरत र टासीलाई उपाधि

काठमाडौं – भरत बस्ताकोटी र टासी छिरिङ दोङले दोस्रो संस्करणको काल्र्सबर्ग गल्फ सिरिज २०१९ अन्तर्गत दोस्रो चरणको उपाधि जितेका छन् । तीन खेलको सिरिजअन्तर्गत दोस्रो चरणमा भरतलेनेटतर्फ र टासीले ग्रसमा उपाधि जितेका हुन् । तीन चरणको खेल समाप्त भएपछि ओभरल च्याम्पियनका लागि पनि प्रतिस्पर्धा गराइनेछ । दोस्रो चरणको खेलमा भरतले ३८ स्कोर बटुल्दै नेटतर्पm सफलता हात पारेका थिए । टासीले पनि ३६ ग्रस स्कोर बटुल्दा ग्रसतर्फको उपाधि आफ्नो बनाए ।

नेटतर्फ उपविजेतामा राजेन्द्र श्रेष्ठले ३७ स्कोर बटुलेका थिए । यता, एनजे रायमाझी ग्रसमा उपविजेता रहँदा ३५ ग्रस स्कोर बनाए । महिलामा आर्सिया बानुले च्याम्पियन हुँदा ३७ स्कोर बटुलिन् । कास्मिरा शाहले पनि समान ३७ स्कोर बटुले पनि काउन्ट ब्याकको आधारमा पछि पर्दै उपविजेतामै खुम्चिइन् । ब्याक नाइनमा आर्सियाले १९ स्कोर बटुल्दा कास्मिराले १७ स्कोर मात्र बनाएकी थिइन् ।

सिनियर (६० वर्ष र सोभन्दा माथि) तर्पm दिलीप रायमाझीले उपाधि आफ्नो बनाउन ३६ स्कोर बटुलेका थिए । एनबी रावल दोस्रोमा खुम्चँदा ३५ स्कोर बटुलेका थिए । विजोय मोक्तान समान ३५ स्कोर बटुल्न सफल भए पनि काउन्ट ब्याकको आधारमा तेस्रोमा खुम्चिए । ब्याक नाइनमा रावलले २२ स्कोर र मोक्तानले १६ स्कोर बटुलेका थिए । तेन्जिङ छिरिङले सर्वाधिक ४ बर्डिजका साथ मस्ट बर्डिजको ट्रफी आफ्नो बनाए ।

रवीन्द्रमान श्रेष्ठले क्लोजेस्ट टु दी पिन र दावा शेर्पा लङ्गेस्ट ड्राइभको ट्रफी आफ्नो बनाउन सफल भए । दोस्रो चरणको खेल समाप्त भएसँगै नेटतर्पm भरत कुल १ सय ५० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छन् । उनलाई पछ्याइरहेका टासी छिरिङले १ सय ५ अंक बटुलेका छन् । अजयविक्रम शाहले तेस्रो स्थानमा रहँदै सय अंक बटुलेका छन् । ग्रसतर्पm कुल १ सय ५० अंकका साथ टासी छिरिङ दोङले अग्रता बनाइरहेका छन् ।

निश्चयजंग रायमाझीले १ सय ५ अंक र भरत बस्ताकोटीले १ सय अंक बटुल्दा क्रमशः दोस्रो र तेस्रो स्थानका लागि अग्रता बनाएका छन् । स्टेबलफर्ड फरम्याटको आधारमा भएको प्रतियोगितामा ८४ गल्फरले १८ होलमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणको विजेतालाई गोर्खा बु्रअरी प्रालीका मार्केटिङ म्यानेजर रोजन अमात्य, ब्रान्ड म्यानेजर श्रेया श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।  

 

प्रकाशित: १ भाद्र २०७६ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App