coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हिमालय प्रिक्वार्टरफाइनलमा

काठमाडौं – हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्र्वाटरफाइनलमा प्रवेश गरेको छ।  हिमालयसँगै निम्सले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

स्किब्सको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा युलेन्स, ग्रामर पब्लिक र बिएनए क्वार्टरफाइनलमा पुगेका छन्।  सिनियर ब्वाइजमै एचएचसिए, हिमालय, निम्स, ग्रिनल्यान्ड, भ्याली पब्लिक, द एक्सेल्सियर स्कुल र भक्तिले भने प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरे।

प्रतियोगिताको आयोजक स्किब्सका प्रिन्सिपल अरुण केसीले एक कार्यक्रमबीच उद्घाटन गरे।  सिनियर ब्वाइजमा २९, जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिहेका छन्।  फाइनल भदौ ४ गते हुने छ।

प्रकाशित: १ भाद्र २०७६ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App