८ वैशाख २०८१ शनिबार
खेल

लेवान्डोवस्कीले बायर्नको हार टारे

बर्लिन – रोबर्ट लेवान्डोवस्कीको पेनाल्टी गोलमा बुन्डेस लिगाको साबिक विजेता बायर्न म्युनिखले शनिबार नयाँ सिजनको पहिलो खेलमा हारको संकट टारेको छ। शुक्रबार भएको सिजनको पहिलो खेलमा बायर्न हार्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएको हो। 

दोस्रो हाफमा टोलीको उद्धार गरेका लेवान्डोवस्कीले हार्थालाई भाग्यले साथ दिएको बताए।  गत सिजन ११औं स्थानमा बसेर सिजनको अन्त्य गरेको हार्था लेवान्डोवस्कीकै गोलमा पछि परे पनि पहिलो हाफमा लगातार दुई गोल गर्दै अप्रत्याशित अग्रता लिएको थियो।  लेवान्डोवस्कीले गोल गर्दै टोलीको हार टारेका थिए।

‘हामीले खराब खेलेका होइनांै।  उनीहरूले केही मात्र राम्रा सट प्रहार गरे।  उनीहरू भाग्यमानी रहे,’ लेवान्डोवस्कीले भने, ‘सिजनको पहिलो खेल अनि बराबरीको नतिजा, खराब सुरुआत भने पक्कै होइन।  हामीले राम्रो खेल्दा खेल्दै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनांै। ’

गत सिजन घरेलु प्रतियोगितामा दोहोरो उपाधि जितेको बायर्नले दुई साताअघि जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डलाई २–० को नतिजा सुम्पिएको थियो। २४औं मिनेटमा जोस्वा किमिचको पासमा लेवान्डोवस्कीले बललाई जाली चुमाउँदा बायर्नले अग्रता लिएको थियो।  तर हार्थाले ३ मिनेटको अन्तरमा २ गोल गर्दै अप्रत्याशित ग्रता लिएको थियो।

३६औं मिनेटमा डोडी ल्युकबाकोईको गोलमा खेलमा फर्किएको हार्थालाई त्यसको ३ मिनेटपछि नै मार्को ग्रुजिचले अग्रता दिलाएका थिए।  खेल सकिन ३० मिनेट बाँकी हुँदा लेवान्डोवस्कीले पेनाल्टीको सदुपयोग गर्दै बायर्नलाई खेलमा फर्काएका थिए।

 

प्रकाशित: १ भाद्र २०७६ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App