७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ब्रेजिक्टबारे बेलायत र फ्रान्सबीच कुराकानी हुने

पेरिस – बेलायतका प्रधानमन्त्री बोरिस जनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट)का बारेमा कुराकानी गर्ने भएका छन्। 

अर्को साता हुने ‘जी सेभेन’को शिखर सम्मेलनका क्रममा जनसन र म्याक्रोंका बीचमा कुराकानी हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। 

यही अगस्ट २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा दुई नेताबीच भेटवार्ता हुने सम्भावना रहेको छ।   जर्मन चान्सलर एन्जेला मर्केलका एक जना प्रवक्ताले पनि जनसनसँग बर्लिनमा ‘चाँडै भेट हुने अपेक्षा गरिएको’ शुक्रबार बताएका थिए।  

‘चान्सलर मर्केल र बेलायतका नयाँ प्रधानमन्त्री जनसनबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको छ तर ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना रहेको छ,’ ती प्रवक्ताले भने।

बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली संघको भूमिकामा भर पर्ने जनसन सरकारले बताउँदै आएको छ।  यसमा फ्रान्सको भूमिका महŒवपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जनसन र फ्रान्सेली राष्ट्रपति म्याक्रोंको भेटवार्तालाई चासोका साथ हेरिएको छ।

 

प्रकाशित: १ भाद्र २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App