८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

स्वाइनफ्ल्यु मृत्यु हुनेको संख्या ९६ पुग्यो

यांगुन – म्यानमारमा स्वाइनफ्ल्युबाट मृत्यु हुनेको संख्या शनिबारसम्ममा ९६ पुगेको छ।स्वास्थ्य तथा खेलकुद मन्त्रालयका अधिकारीहरुले सिन्ह्वालाई शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्ल्युबाट मृत्यु हुनेको संख्या ९६ पुगेको हो।  गत जनवरी १ देखि यही अगस्ट १६ सम्ममा स्वाइनफ्ल्युको संक्रमण ४ सय ६३ जनामा भेटिएको पुष्टि भएको थियो।

यसअवधिमा सबैभन्दा धेरै जनाको मृत्यु यांगुन क्षेत्रमै भएको छ।  यस क्षेत्रमा ६६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी १२ जनाको मृत्यु भएको एयेयार्वाडी दोस्रो धेरै जना मृत्यु हुने ठाउँमा परेको छ भने तेस्रो धेरै जनाको मृत्यु बागोमा भएको छ।  बागोमा सात जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

 

प्रकाशित: १ भाद्र २०७६ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App