८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानी ट्यांकर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

लन्डन – जिब्राल्टरले आफ्नो नियन्त्रणमा रहेको एउटा इरानी तेल ट्यांकरलाई रिहा गर्ने निर्णय गरेको भोलीपल्ट अमेरिकाले त्यसलाई जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ। 

बेलायतको स्वशासित क्षेत्र जिब्राल्टरले गत महिना नियन्त्रणमा लिएको सो इरानी तेल ट्यांकरलाई त्यहाँका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेका थिए।  तर त्यस्तो निर्णयको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले सो ट्यांकर जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ। ग्रेस–वान नामक उक्त ‘सुपर ट्यांकर’लाई गत जुलाई ४ मा बेलायतको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो।  

तेल बोकेको सो ट्यांकर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शंका गरिएको थियो।  अमेरिकाले उक्त ट्यांकरलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीबार त्यसलाई अस्वीकार गरिदिएको थियो। 

ग्रेस–वानलाई नियन्त्रणमा लिइएको दुई साता  पछि गत जुलाई १९ मा इरानले बेलायती ध्वजावहाक एउटा ट्यांकर स्टेना इम्पेरियोलाई ‘स्ट्रेट अफ हर्मुज’ भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

इरानले पहिले नै उक्त ट्यांकरको नियन्त्रणलाई ‘अवैध अवरोध’ भनिसकेको छ।  ग्रेस–वानलाई नियन्त्रणमा लिइएको दुई साता  पछि गत जुलाई १९ मा इरानले बेलायती ध्वजावहाक एउटा ट्यांकर स्टेना इम्पेरियोलाई ‘स्ट्रेट अफ हर्मुज’ भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।  उक्त समुद्री जहाजले अन्तर्राष्ट्रिय सामुद्रिक नियमलाई तोडेको इरानले दाबी गरे पनि उसको सो कार्यलाई जिब्राल्टरमा आफ्नो ट्यांकर पक्राउको प्रतिउत्तरमा गरिएको कदमका रूपमा लिने गरिएको छ। 

उता अमेरिकाले भने ग्रेस–वान जहाज र त्यसमा रहेको सबै तेललाई जफत गर्न सकिने दाबी गर्दै आइरहेको छ।  उसले अन्तर्राष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन, बैंक छली, सम्पत्ति शुद्धिकरण र आतंकवाद कानुनको उल्लंघन गरेको आधारमा त्यसो गर्न सकिने दाबी गर्दै आएको हो।  

अमेरिकाले प्याराडाइज ग्लोबल ट्रेडिङ एलएलसीसँग जोडिएको एउटा नाम थाहा नभएको बैंक खातामा रहेको ९ लाख ९५ हजार अमेरिकी डलर रकम जफत गर्न पनि आदेश दिएको छ।  अमेरिकाले उक्त व्यापार इरानको रिभ्योलुसनरी गार्डसका लागि काम गर्ने व्यवसायसँग सम्बन्धित रहेको दाबी गरेको छ।  अमेरिकाले इरानको इस्लामिक रिभ्योलुसनरी गार्डसलाई एउटा अन्तर्राष्ट्रिय आतंकवादी संगठन भनेको छ।  

यसैबीच, युरोपेली संघले प्रतिबन्ध लगाएको ठाउँ अर्थात् सिरियातर्फ ग्रेस–वान नजाने इरानबाट आश्वासन पाएको कारण सो ट्यांकरलाई छोड्ने निर्णया भएको जिब्राल्टरको सरकारले जनाएको छ।   ‘हामीले सिरियाको असद शासनलाई १४ करोड डलर बराबरको कच्चा तेलबाट वञ्चित गरिसकेका छौं,’ बेलायतको स्वशासित क्षेत्रका मुख्यमन्त्री फाबिएन पिकार्डोले बताए।  जिब्राल्टरका एकजना न्यायाधीशले उक्त ट्यांकर छाड्ने आदेश दिएपछि पिकार्डोले सो समुद्री जहाज चाँडै नै जानसक्ने बताएका थिए।  पक्राउ पुर्जी जारी गर्ने अमेरिकी कदमप्रति बेलायत र जिब्राल्टरले कुनै प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १ भाद्र २०७६ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App