७ वैशाख २०८१ शुक्रबार
राजनीति

अर्को निर्वाचनबाट सरकारमा बस्न मन छैन : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउँछु भन्नु वेमौशमी बाजा भएको बताएका छन्। संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यो सरकार जनताको फ्रस्ट्रेसनमाथी टेकेर नबनेको बताउँदै यसको संघर्ष र बलिदनाको इतिहास भएको प्रष्टाए।

'जुन संस्था र निकायहरुका शक्तिका कुरा गर्ने गर्छन् मान्छेहरु ति शक्तिहरु जिउँदै हुँदाहामीले ठेगान लगाएका हौ', प्रधानमन्त्रीले भने ,'अहिले चिहानमा गएर हड्डि फुकेर त्यो संस्था फर्काउँछौं भनेर परिकल्पना गरेको देखिन्छ। बेमौसमी बाजा नबजाए हुन्थ्यो।'

सरकारले यो उदारता उनीहरुका कुरा नपत्याएर देखाएको उनले बताए। पत्याएको दिन गणतन्त्रको रक्षाको लागि सरकार मैदानमा उत्रिने चेतावनी प्रधानमन्त्री ओलीले दिए। 'अरूले ल्याएर दिएको लोकतन्त्र होइन आफै लडेर ल्याएको लोकतन्त्र हो', उनले भने, 'कसैको भन्दा कम त्याग गरेर यो पार्टी सरकारमा आएको होइन।' अहिलेको सरकार अधिनायकवाद तर्फ गयो भन्नु अपत्यारिलो भएको भन्दै उनले यसो भन्दा जनताले नपत्याने बताए। सरकारको उदेश्यनै लोकतन्त्रको सुरक्षा र सुदृढ  गर्ने भएको उनको भनाइ छ।

सरकारको संयमता र उदारतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको भन्दै प्रधानमन्त्री ओलीले संविधानको दायरा भित्र चल्ने कुरामा विरोधको पनि यो सरकारले स्वागत गर्न चाहने बताए। 'कसैले भनेको सुने प्रधानमन्त्री पद जाने भो भनेर लगलग कामेका छन्,', उनले भने, 'अहिलेसम्म पद नगएको कसैको देखेको छैन, राजा महाराजा जननिर्वाचित सबैको पद गएको छ। मलाई पनि अर्को निर्वाचनबाट सरकारमा बस्न मन छैन।' देशमा ल्याएको लोकतन्त्र वास्तवमै उत्कृष्ठ भएको उनले बताए। पुरानो प्रणालीका संवाहक पनि यस देशमा भएको बताउँदै उनले लोकतन्त्र दमनकारी प्रणाली नभएकोले पुरानो प्रणालीका संवाकहले आफ्ना गतिविधि खुलेआम गर्न पाएको बताए। तर यस प्रणालीले पूर्णता नपाउँदै यसलाई कमजोर बनाउन खोज्नेहरुलाई उनले चेतावनी दिए।

प्रकाशित: १ भाद्र २०७६ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App