coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'दाहालले भविष्य लुटे'

काठमाडौं- माओवादीका बहिर्गमित लडाकु समूहका अध्यक्ष लेनिन बिष्टले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको भविष्य लुटेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  उनले  बाल्यकालमा बन्दुक बोक्न लगाएर दाहालले आफूहरूको भविष्य लुटेको आरोप लगाएका हुन्।

'हिजोका दिनमा आफूहरूलाई युद्धमा सहभागी गराउने तर आज आएर घर न घाटको बनाउने काम माओवादीले गर्‍यो,' उनले भने, 'अब पनि पूर्वलडाकुका माग पूरा भएनन् भने  सहेर बस्नेवाला छैनौं।'

यसैबीच बहिर्गमित माओवादी लडाकुको अर्जुन बुढाथोकी समूहले सरकारलाई सातबुँदे माग बुझाएको छ । ती मागमा अयोग्यको बिल्ला खारेज, अघिल्लो सरकारले अयोग्य लडाकुलाई दिने भनी घोषणा गरेको दुई लाख रूपैयाँ निकासा हुनुपर्नेलगायत माग छन्।

प्रकाशित: २८ कार्तिक २०७३ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App