दुर्गमको स्वास्थ्य

मैनबत्ती बाली उपचार, मोबाइलको उज्यालोमा शल्यक्रिया

आइतबार, ०१ भदौ २०७६, ०८ : ४४ दिनेश सुवेदी

रोल्पा - केही दिनअघि रोल्पा जिल्ला अस्पतालमा खचाखच बिरामी थिए।  इन्डोरमा शड्ढ­या संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएको थियो।  बिरामीलाई औषधि दिनुपर्ने।  त्यही समयमा एक महिला प्रस्रवपीडामा छटपटाइरहेकी थिइन्।  झ्याप्प बत्ती गयो।  सोलार बल्न छोडेको धेरै भएको थियो।  हुनुपर्ने जति समस्या भयो।  ‘उपाय केही थिएन।  मैनबत्ती खोजेर बाल्यौं।  अलिबेर त्यसैको उज्यालोमा काम ग¥यौं,’ अस्पतालका डा. प्रकाश बुढाले भने, ‘यो समस्या निकै पुरानो हो। ’

डा. प्रकाशलाई जस्तै सकस एक्सरे फाँटका कर्मचारीलाई पनि परेको छ।  ‘बिचरा बिरामी टाढाटाढाबाट आउनुभएको हुन्छ।  बत्ती गइराख्छ।  अन्य विकल्प केही छैन।  आज हुने कामका लागि बिरामीले अर्को दिन कुर्नुपर्छ,’ रेडियोलोजिस्ट उमेश कालामगरले भने, ‘कहिले त दिनमा १२÷१५ पटक बत्ती जान्छ।  एक पटक गयो भने सबै मेसिन रि–स्टार्ट गर्नुपर्छ।  साह्रै समस्या परेको छ। ’ उमेशलाई जस्तै प्रयोगशालामा रहेका कतिपय जाँचका लागि पनि पटकपटक बत्ती जाँदा हैरानी छ।

जिल्ला अस्पताल रोल्पामा रगतको पनि अभाव हुने गरेको छ।  पटक–पटक पर्ने बत्ती र रगतको समस्याबारे जानकार भएर पनि सरोकारवाला कसैले समस्या समाधानमा चासो दिएका छैनन्।

केही महिनाअघि बच्चा जन्माउन छटपटाएकी जुनकुमारी ‘जीवन–मृत्यु’को बीचमा थिइन्।  बच्चाले पेटमै दिसा गरिसकेको अनि मुटुको धड्कन पनि कम थियो।  आमालाई अस्पताल ल्याउन ढिलो भएकाले अपे्रसन गर्न रिस्क थियो।  आर्थिक अभावले बाहिर लैजान सक्ने अवस्था थिएन।  परिवारलाई बच्चा नबाँच्न पनि सक्छ भनियो।  श्रीमान्ले जे पर्छ अप्रेसन गरिदिनुस्, सकेसम्म बचाइदिनुस् भने।  सीमित स्रोतसाधन भएको अस्पतालमा रिस्कका साथ अप्रेसन नगरी नहुने भयो।  नगर्दा आमाबच्चाकै ज्यान जोखिममा भएकाले डा. प्रकाश बुढा र अनिल केसीको टिमले अप्रेसन सुरु गरे।

डाक्टरले भर्खर पेटमा घाउ बनाएका थिए, झ्याप्प बत्ती गयो।  उपाय केही थिएन।  डाक्टर र नर्सले मोबाइलको टर्च बाले अनि अप्रेसन गरे।  ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन।  म्युकोनियममा लतपतिएको थियो।  आमाको पेट चिरेको घाउमा टेट्रा ‐गज प्याक) गरेर छोडें,’ डा. अनिल केसीले सुनाए, ‘बच्चालाई इमर्जेन्सी श्वासप्रश्वासका लागि ब्यागिङ ‐नली राखेर कृत्रिम श्वासप्रश्वास) सुरु गरें, अलि सुधार आयो। ’ यसरी अप्रेसनका समयमा बत्तीले धोका दिएको यो पहिलो पटक भने होइन।  अस्पतालका चिकित्सक समयसमयमा आउने यस्तो समस्याबाट हैरान छन्।

त्यस्तै जिल्ला अस्पताल रोल्पामा रगतको पनि अभाव हुने गरेको छ।  पटकपटक पर्ने बत्ती र रगतको समस्याबारे जानकार भएर पनि सरोकारवाला कसैले समस्या समाधानमा चासो दिएका छैनन्।  भौतिक संरचना सहज छैन। 

पर्याप्त दरबन्दी र सेवासुविधा छैन।  तर अत्यावश्यक समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ।  ‘प्रदेशबाट आएन भने हामीले जेनेरेटर किन्ने बजेट छुट्ट्याएका छौं।  प्रदेशले किनिदिन्छौं भनेको छ।  केही महिनासम्म हेरौं, त्यतिन्जेल पनि प्रदेशले खरिद गरेन भने हामी प्रक्रिया अगाडि बढाउनेछौं,’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad