coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

धैबुङवासीद्वारा तीर्थयात्रीलाई दही वितरण गरिँदै

रसुवा - गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ।  जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति र उत्तरगया कालिका वृद्ध समाजद्वारा दही वितरण गरिएको हो।

६० वर्षअघिसम्म प्रचलनमा रहेको परम्परालाई निरन्तरता दिन यो वर्षदेखि दही वितरण सुरु गरिएको हो।  पहिले गोरखनाथ लिएर आएको बाबाको टोलीलाई धैबुङवासीले दही तथा घुम दिने गरेको नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिका सचिव विष्णुप्रसाद देवकोटाले बताए।  ‘६० वर्षअघिसम्म गोरखनाथसहित आएका ५०÷६० जनाको टोलीलाई दही र घुम दिने गरिएको थियो,’ उनले भने, ‘पछि यो प्रचलन हरायो। ’ यस परम्परालाई अब निरन्तर सञ्चालन गरिने उनले बताए।

उनका अनुसार धैबुङको नामकरण दही र घुमबाट भएकाले यसको विशेष महŒव रहेको छ।  १८०१ सालमा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेपछि बाबाहरूले गोरखनाथलाई वर्षको एकपटक अर्थात् जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा लैजाने र ल्याउने प्रचलन निकालेका थिए।  त्यसबेला बाबाहरू धैबुङमा एक रात बस्थे।  त्यहाँको धैबुङकोट भन्ने स्थानमा कोतघरको स्थापना भएको थियो। 

यहाँका स्थानीयले त्यहाँ दही र घुम लगी ती योगी समूहलाई सौगातस्वरूप दिने गर्थे।  यस प्रकार दही र घुमको सौगात पाइने हुनाले यस स्थानको नाम दहीघुम हुन गयो र पछि दहीघुमबाट अपभ्रंश भई धैबुङ रहन गयो भन्ने किंवदन्ती छ।

प्रकाशित: १ भाद्र २०७६ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App