८ वैशाख २०८१ शनिबार
समाज

हजार तीर्थयात्रीले लिए स्वास्थ्य सेवा

रसुवा – गोसाइँकुण्ड मेलामा आएका हजारभन्दा बढी तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका छन्।  गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार ६ दिनमा एक हजार आठजनाले सेवा लिएका हुन्।  मेलाको समयमा लेक लाग्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउनेभएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। 

स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, हिमालय उद्धार संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेनाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको हो।  यस पटक ९ हजार एक सय ९१ जनाले मेला भरेका थिए। 

यस पटकको मेलामा लेक लागेर मेलम्ची नगरपालिका–१२ सिन्धुपाल्चोकका २३ वर्षीय दीपक ढकालले ज्यान गुमाए।  ४ हजार ३ सय ८० मिटर उचाइमा रहेकाले गोसाइँकुण्ड जाँदा लेक लाग्ने सम्भावना बढी हुन्छ।

प्रकाशित: १ भाद्र २०७६ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App