coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भ्याट हटाउन कवाडी व्यवसायीको माग

काठमाडौं – कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीले बताएका छन्। नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै उनीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताए।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायी पलायन हुने र लाखौंको रोजगारी गुम्ने अवस्था रहेकाले निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरे। संघका सचिव शुक्रबहादुर लामाले फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीले स्वरोजगार र राज्यलाई कर तिरिरहेकाले राज्यले उचित सम्मान गर्नुपर्ने बताए।

संघको काठमाडौं जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायी साना व्यवसायी भएकाले सरकारले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताए। ठूला व्यवसायीले साना व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको उनको भनाइ छ।

संघका सल्लाहकार विवेक सिलवालले सरकारी नियम र कानूनले व्यवसायी मारमा परेको उल्लेख गरे। कवाडी व्यवसायीलाई भ्याटमा जान अनिवार्य गरेपछि समस्या परेको उनले उल्लेख गरे। कवाडी मजदुर व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

सो अवसरमा नेपाल कवाडी मजदुर व्यवसायी संघ काठमाडौं जिल्ला, कालीमाटी र गोंगबु क्षेत्रीय कमिटी गठन गरिएको संघले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App