८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाले थाल्यो उप–निर्वाचनको तयारी

पाँचथर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका तीन स्थानमा हुने स्थानीय तहको उपनिर्वाचनको तयारी औपचारीक रुपमा थालेको छ। फाल्गुन्नद गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका वार्ड न. १ र हिलिहाङ ७ मा हुने निर्वाचनको लागि तयारी थालेको हो। 

जिल्ला कमिटी र सचिवालयको दुई दिन बसेको बैठकले तीनै स्थानमा चुनावको औपचारिक थालनी गरेको छ। बैठकले तीनै स्थानमा चुनाव प्रचार प्रसार समिति बनाएको छ। अन्य राजनीतिक दलहरुसँग समन्वय गरी अघि बढ्ने रणनीति बनाइएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले बताए। शनिवार फिदिममा बैठकले गरेका निर्णय सार्वजनिक गर्दै चुनावको तयारीमा लागेको नेकपाले जानकारी दिएको छ।

फाल्गुनन्द गाउँपालिकामा प्रेम रिजालेको संयोजकत्वमा १ सय ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ। यस्तै फिदिम नगरपालिका–१ महेन्द्र थाम्सुहाङको नेतत्वमा १ सय ७ सदस्यीय र हिलिहाङ–७ मा विस्नु प्रसाद सापकोटाको नेतृत्वमा प्रचार प्रसार समिति बनाएको छ। जिल्लामा उपनिर्वाचनको चासो तथा चर्चा बढिरहेका बेला चुनावका लागि नेकपाले कार्यक्रम अघि सारेको हो। 

उप निर्वाचनमा सरकारी साधन स्रोतको दुरुपयोग नहुने नेकपाका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए। चुनावमा पार्टीका एजेण्डा लिएर जाने उनले बताए।

मंसिर १४ मा उप–निर्वाचन तोकिएपछि जिल्लामा चुनावी चहलपहल बढ्न थालेको छ। उम्मेद्वारको चर्चाहरु पनि सुरु भएको छ। फाल्गुनन्द गाउँपालिका प्रमुख अमर नेम्बाङको २०७५ माघ २६ गते निधन भएको थियो। यस्तै फिदिम नगरपालिका–१ का  वार्ड अध्यक्ष हर्क मोक्तानको २०७६ साउन ६ गते र हिलिहाङ–७ का वार्ड अध्यक्ष तिर्थराज तिम्सिना २०७४ चैत १६ मा निधन भएको थियो। नेकपाले सुरेश शाहसहित ६ जनालाई पार्टी प्रवेश गराएको छ। 

दुई दिन चलेको नेकपाको बैठकले जिल्लाका आठै स्थानीय तहमा इन्चार्ज तोकेको छ। यस्तै ६ स्थानीय तहमा सह इन्चार्ज समेत तोकेको छ। केही स्थानीय तहको नेतृत्व फेरबदल गरिएको छ। बैठकले बार्षिक संगठनिक कार्ययोजना पारित गरिएको जारी प्रेस नोटमा उल्लेख छ। बैठकले जिल्ला कार्यालय गठन समेत गरेका छ। यस्तै, प्रदेश समन्वयमा ‘क’ क्षेत्रमा तिवेन्द्रराज चापागाई र ‘ख’ क्षेत्रमा शंखध्वज नेम्वाङको संयोजकत्वमा कमिटी बनाएको छ। 

प्रकाशित: ३२ श्रावण २०७६ १४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App