८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लवलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमणः डिआइजी शाह

रुपन्देही– प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरेश विक्रम शाहले विप्लव समूहलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमण भएको बताएका छन्। नेकपा प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालको गाडीमा विहीबार राती बम प्रहार भएको घटनापछि रुपन्देही आएका डिआईजी शाहले विप्लव समूहले चन्दाकै लागि गाडीमा आक्रमण गरेको बताएका हुन्।

रिपाेर्टर्स क्लब प्रदेश ५ ले शनिबार बुटवलमा गरेको साक्षात्कारमा उनले भने, ‘सरकारले प्रतिबन्ध लगाएकाले विप्लवले गरेका कानुन विपरितका काममा हामीले निगरानी बढाएका हौं, जनप्रतिनिधिको गाडीमा भएको आक्रमण चन्दाकै लागि हुनसक्छ।’ उनले जनप्रतिनिधिलाई सरकारी गाडीमा आवत जावत गर्दा प्रहरीलाई खबर गर्न आग्रह गरे। उनले सचेत ढकाल र अन्य ठाउँमा भएको आक्रमणमा संलग्नलाई कारवाही गरिने बताए। 

उनले विप्लव समूहलाई थ्रेटको रुपमा नहेरेको बताए। तर उनले सुरक्षा संवेदनशीलता अनुसार रणनीति बनाउने बताए। उनले प्रदेश ५ मा साना हतियार, विप्लव समूहको गतिविधि र लागूऔषध मुख्य समस्याका रुपमा देखा परेको बताए। उनले खुल्ला सीमा र जनयुद्धमा प्रयोग गरिएका हतियारको व्यवस्थापन हुन नसक्दा साना हतियारको विगविगी देखिएको बताए। उनले प्रदेशलाई शान्ति सुरक्षाका हिसाबले सुरक्षित बनाउन आफू प्रतिबद्ध रहेको समेत बताए। 

प्रकाशित: ३२ श्रावण २०७६ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App