८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार पुडासैनीको पक्षमा ओर्लियाे ‘स्वतन्त्र युवा समूह’

चितवन - चितवनमा ‘स्वतन्त्र युवा समूह’ले  मृतक पत्रकार शालिकराम पुडासैनीको पक्षमा प्रदर्शन गरेकाे छ। प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीको अनुसन्धानविरुद्ध प्रदर्शन गरेपछि उक्त समूहले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हाे।

पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान  चौबिसकोठीमा प्रदर्शन भएको जिल्ला प्रहरी कार्यालय चितवनले  जनाएको छ।‘अपराधलाई राजनीतिकरण नगरौं’ निष्पक्ष छानविन गर्न देऊ’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर ‘स्वतन्त्र युवा समूह’ले प्रदर्शन गरेको हो।

यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो। घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएको भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियाे छ। 

त्यस्तै हिजाे प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको थियो। चितवन जिल्ला अदालतले लामिछानेसँगै युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै सुरु हुने गरि ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन्। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए। 

यसअघि रवि पक्राउ परेकै भाेलिपल्ट देखि उनकाे पक्षमा पनि समर्थकहरूले पदर्शनमा उत्रेका छन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App