coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालविवाह विरुद्ध कचहरी

राँझा - बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ। पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ।

अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका  हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ। राप्ति सोनारी र डुडुवा गाउँपालिकाका १८ स्थानमा कचहरी नाटक प्रदर्शन भइसकेको छ। “सात वडाका ३० ठाउँमा नाटक प्रदर्शन गर्ने योजना छ”, कार्यक्रम संयोजक रामकुमारी चौधरीले भनिन्।
    
नाटकले स्थानीय तहमा प्रभावकारी भूमिका खेलेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए।  महिला र बालबालिका हिंसा न्यूनीकरण गर्न मद्दत पुगेको उनको भनाइ छ। जिल्लामा तीन वर्षदेखि कचहरी नाटक प्रदर्शन गरिँदै आएको छ।

बाँकेका किशोरी क्लबले बालविवाह विरुद्ध संवेदनशिल हुन स्थानीय तहसँग अनुरोध गरेका छन्। बालविवाह गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ। किशोरी क्लबले सबै स्थानीय तहमा ज्ञापनपत्रसमेत बुझाएको खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबका अध्यक्ष दीक्षा न्यौपानेले बताइन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App