८ वैशाख २०८१ शनिबार
खेल

‘सान्चेज अझैँ ओल्ड ट्राफोर्डमै रहँन्छन्’

म्यानचेस्टर – स्वभाविक लयको प्रदर्शन गर्न नसकेको भन्दै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले चिलीका एलेक्सिस सान्चेजलाई अन्यत्र पठाउने तयारी गरेको सार्वजनिक भैरहँदा युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने उनको भविष्य अभैm ओल्ड ट्राफोर्डमै रहेको प्रतिक्रिया दिएका छन ।

सञ्चारमाध्यमले युनाइटेडका उपाध्यक्ष इड उडवार्डलाई उद्धृत गर्दै सान्चेजको सरुवा हुने दाबी गर्दै आइरहेका छन् । सान्चेज १८ महिना अघि उच्च अपेक्षाका साथ ओल्ड ट्राफोर्ड भित्रिएका थिए । यद्यपि, सान्चेजले ४५ खेलमा ५ गोल मात्र गरेका छन्  ।

प्रिमियर लिगको सरुवा बजार बन्द भए पनि युरोपका अन्य शीर्ष लिगमा भने सेप्टेम्बर २ सम्म सरुवा बजार खुला रहने भएकाले युनाइटेड सान्चेजलाई अन्यत्र बेच्न चाहन्छ । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु गत साता मात्र इन्टर मिलानमा अनुबन्धित भइसकेका छन् । त्यसैले सोल्सजायर सान्चेज युनाइटेडमै बसेको हेर्न चाहान्छन् ।

‘एलेक्सिस मिहिनेती र उत्कृष्ट खेलाडी हुन् । जो क्लबलाई सधैं सफलता दिलाउन चाहान्छन्,’सोल्सजायरले भने, ‘उनी केही समय मैदानमा नदेखिनुको अर्थ हामी उनलाई बेच्ने तयारी गरिरहेका छौं भन्ने होइन । उनी अहिले पनि क्लबका महत्वपूर्ण खेलाडी हुन् । हामी उनीबाट सधै उच्च अपेक्षा राख्छौं ।’ जुनमा सम्पन्न कोपा अमेरिका दौरान घाइते भएका सान्चेज अझै पूर्णरूपमा फिट नभइसकेकाले टोलीमा नराखिएको युनाइटेडले बताउँदै आएको छ ।

‘उनी क्लबमा आएको ३ साता बिते पनि पूर्ण रूपमा अभ्यासमा सहभागी भैसकेका छैनन् । उनलाई क्रमिक रूपमा अभ्यासमा सहभागी गराइनेछ । चोटमुक्त हुनासाथ एकै पटक ९० मिनेट खेलाडीलाई मैदानमा उतार्नु भनेको मुर्खता हो,’सोल्सजायर भने, ‘हामी उनलाई विस्तारै टोलीमा सहभागी गराउँदै लानेछौं ।’ युनाइटेडले पहिलो खेलमा चिरप्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराउँदै प्रिमियर लिगमा उत्कृष्ट सुरुआत गरेको थियो ।

‘सान्चेज केही समय मैदानमा नदेखिनुको अर्थ हामी उनलाई बेच्ने तयारी गरिरहेका छौं भन्ने होइन । उनी अहिले पनि क्लबका महत्वपूर्ण खेलाडी हुन् । हामी उनीबाट सधैं उच्च प्रदर्शनको अपेक्षा राख्छौं ।’
 

 

प्रकाशित: ३२ श्रावण २०७६ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App