८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा शुक्रबारदेखि दुईदिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्स सुरु भएको छ।

दुई दिनसम्म सञ्चालन हुने कोर्समा नेपालका ५१ जना अम्पायर तथा स्कोररको सहभागिता रहेको छ। कोर्समा सहभागीलाई पहिलो दिन नेपालका अन्तर्राष्ट्रिय अम्पायरहरू विनयकुमार झा, बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी (देवेन्द्र) ले प्रशिक्षण दिए।

कोर्समा सहभागीहरूलाई विश्व क्रिकेटमा प्रयोग भएका नयाँ नियमसँगै पुराना नियमहरूको बारेमा जानकारी गराइएको थियो। कोर्सको उद्घाटन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले गरेका थिए।

प्रकाशित: ३२ श्रावण २०७६ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App